सत्सङ भवन निर्माण सहयोगार्थ पुरुषोत्तम मास माहात्मे सुरु - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

  सत्सङ भवन निर्माण सहयोगार्थ पुरुषोत्तम मास माहात्मे सुरु

मोरङको पथरी शनिश्चरे नगरपालीका १ शिखर चोकमा  ५ दिवसिय पुरुषोत्तम मास माहात्मे पुराण सुरु भएको छ ।

शान्ति किर्तन मण्डलीको आयोजनामा विश्व शान्तिको कामना सहित  सत्सङ भवन निमार्ण सहयोगार्थ आचार्य केवल कृष्ण अधिकारीको मुखारबृन्दबाट पाठ पारायण हुने  माहात्मे पुराण आजबाट सुरु भएको हो । आज कलश यात्राबाट पुराणको विधिवत सुरुवात गरीएको छ । कलश यात्राले नगर हुँदै भुल्केदेवी मन्दिर परीक्रमा गरेको थियो । कलश यात्रा पश्चात पुराणको बारेमा जानकारी दिँदै किर्तन मण्डलीका अध्यक्ष पर्शुराम काफ्लेले विश्वमा शान्तिको कामना गर्दै अपुरो रहेको सत्सङ भवनलाई पुर्णता दिन पुराणको आयोजना गरेको बताउनुभयो ।

यस्तै पुराणको बारेमा थप जानकारी दिँदै सस्थाका कोषाध्यक्ष तोयानाथ ढकालले सत्सङ भवन मात्रै नभएर धर्मको जगेर्णा गर्नु र धर्मतिर ध्यान लगाउन पनि पुराण आयोजना गर्नुको उदेश्य रहेको बताउनुभयो । स्थानीय दाताहरुको ठुलो सहयोगले संस्था यहाँ सम्म पुगेको र अझै यस्को विकास गरी धर्मको संरक्षण गर्नु आवश्यक रहेकाले सबैलाई तन मन र धनले सहयोग गर्न अनुरोध गर्नुभयो ।

पुराण सम्पन्न गर्न निर्मला ढकाल र मन्जु कार्कीको संयोजक्तवमा ११ सदस्य पुराण व्यवस्थापन समिति गठन गरएिको छ । शान्ति किर्तन मण्डलीको सत्संङको भवनमा सञ्चालन भइरहेको पुराणमा हरेक दिन विहान ११ बजेबाट पाठ पारायण भई  ५ बजे समापन हुनेछ  भने सन्धयाकालीन समयमा आरती भजन किर्तन गरीने हुँदा सबैलाई कार्यक्रममा सरिक भई पुण्य आर्जन गर्न पुराण आयोजक समितिले आग्रह गरेको छ ।

 

 

 

 

 

सम्बन्धित खवर