नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्यायो अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्यायो अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ ।

ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । ‘यस्तो अत्याधुनिक माइक्रोस्कोप नेपालका कुनैपनि अस्पतालमा प्रयोगमा थिएन, नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको हो,’ डा.थापा भन्छन्, ‘अप्रेशनलाई सुरक्षित र भरपर्दो बनाउँन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ ।’

सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाई छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । केएमसीको न्युरो विभागमा पनि धेरै परिवर्तन आइसकेको छ । गत वर्षबाट ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिना अघि नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको छ ।

टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नशा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउँने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउको भित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि प्रदान गरिदै आएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण केएमसीमा बिरामीले स्तरीय र भरपर्दो उपचार सेवा पाउँने अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

सम्बन्धित खवर