२० वर्ष पछाडि लाग्ने रोगको डिएनएद्धारा परीक्षण, नेपालमै पहिलो पटक भित्रिँदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

२० वर्ष पछाडि लाग्ने रोगको डिएनएद्धारा परीक्षण, नेपालमै पहिलो पटक भित्रिँदै

साइनो समाचारदाता/पथरी, १७ जेठ,
मानिसमा कस्ता प्रकारका रोग लाग्दैछ भन्ने बारे अग्रिम जानकारी दिने स्वास्थ्य प्रविधि नेपालमै पहिलो पटक भित्रिने भएको छ । झापाको भद्रपुर स्थित ओमसाई पाथीभरा हस्पिटलले चाडौ भित्राउन लागेको उत्त स्वास्थ्य परिक्षाण प्रविधिको नेपालमै पहिलो रहेको हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले बताएका छन् ।

भारतको मुम्बई स्थित लर्डस् मार्क बायोटेक कम्पनीद्वारा उत्पादित ‘माई डिएनए’ स्वास्थ्य परीक्षण गर्ने प्रविधिको बारेमा हस्पिटलले एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ओम साई पाथीभरा हस्पिटलले चाडौ भित्राउन लागेको उत्त स्वास्थ्य परिक्षाण प्रविधिको बारेमा पुर्वका ठुल्ठुला अस्पतालका डाक्टरहरुलाई स्वास्थ्य परिक्षाण प्रविधिको बारेमा जानकारी गराईएको थियो । वर्तमानमा लागेका रोग र भविश्यमा लाग्ने रोग पत्ता लगाउने प्रविधी भएकाले नेपालमा भित्र्याउन लागेको हस्पिटलका अध्यक्ष पोखरेलले बताए ।

आम मानिसले डिएनए परीक्षण भनेको आफ्नो सन्तान हो वा होइन भन्ने पत्ता लगाउने प्रविधिलाई मात्रै बुझ्दै आएका छन्। ‘तर, त्यसो होइन रहेछ, डिएनए परीक्षणको धेरै परिभाषा रहेछ,’ हस्पिटलका अध्यक्ष पोखरेलले भने, ‘यो परीक्षणबाट मानिसको शरीरमा लाग्न सक्ने रोगहरूको पहिचान बेलैमा पत्ता लगाउन सकिन्छ, यसले स्वास्थ्य उपचारमा पनि सहज पुर्‍याउँछ।’ स्वस्थ व्यक्ति तथा बिरामीहरूलाई प्रभावकारी सेवा दिने उद्देश्यले भारतबाट ‘माई डिएनए’ प्रविधि हस्पिटलमा ल्याउन लागेको उनले बताए।

डिएनएको जेनेटिक प्रविधिबाट शरीरका विभिन्न अङ्गको अवस्था समेत थाहा पाउने सकिने कम्पनीका लागि नेपालका निर्देशक दिवाकर बजगाईँले जानकारी दिए।
‘माई डिएनए’ भविष्यमा लाग्ने रोग र लागि सकेका रोगका बारेमा जानकारी दिने प्रविधि हो,’ उनले भने। प्रतिक्रियात्मक जेनेटिक परीक्षणका बारेमा पहिले नै परिणाम प्राप्त गर्न सकिने उनको भनाइ छ। विशेषज्ञ परामर्श र प्रत्येक कदममा मार्गदर्शन गर्ने भएकोले यो प्रविधिबाट परीक्षण गर्न प्रभावकारी हुनेछ। ‘माई डिएनए’ ले रगतको नाता छुट्ट्याउने मात्र नभएर भविष्यका बारेमा सतर्क गराउने बताउँदै उनले भने, ‘डिएनएमा परिवर्तन वा ‘जेनेटिक भेरिएन्ट’ मा खोजी गर्दछ, जसले स्वास्थ्यमा अत्यन्त मूल्यवान् अनुसन्धान प्रदान गर्छ।’

वर्तमान स्वास्थ्य स्थितिको जैविक आधार विखण्डन गरी र भविष्यमा सम्भावित खतराहरू पहिचान गरी, अवस्थित स्वास्थ्य अवस्थाहरूको जैविक आधार डिकोड गरेर र भविष्यमा सम्भावित जोखिमहरू पहिचान गरेर, निवारक आनुवंशिक परीक्षणले सक्रिय स्वास्थ्य व्यवस्थापनको लागि एक अद्वितीय अवसर प्रदान गर्ने लर्डस् मार्क बायोटेक कम्पनी मुम्बईका कार्यकारी प्रमुख सुवोद गुप्ताले बताए। भविष्यमा भएका सम्भावित खतराहरूको अन्तर्दृष्टि व्यक्तिहरूलाई आज सूचित निर्णय र शक्ति प्रदान गर्ने यो प्रविधि महत्त्वपूर्ण रहेको उनले बताए।

कम्पनीबाट उत्पादित ‘माई डिएनए’ प्रविधि प्रभावकारी देखिएकोले नेपालमा पनि आवश्यक ठानेर पठाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक मानव तेलीले जानकारी दिए। यो प्रविधि बालबालिकाकामा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ।

हस्पिटलले ‘माई डिएनए’ परीक्षण प्रविधिका बारेमा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूलाई बिर्तामोडमा शनिबार साँझ एक कार्यक्रम गरी जानकारी गराएको हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले बताए। कार्यक्रममा सहभागि चिकित्सकहरु ‘माई डिएनए’ का बारेमा आआफ्नो जिज्ञासा र धारणाहरु राखेका थिए।

यो प्रविधिले कुन रोग लागेको र १०/२० वर्षा पछि कुन रोग लाग्दैछ भन्ने बारेमा समेत अग्रिम जानकारी गराउने भएकोले थप गुणस्तरीय सेवा दिनका लागि नेपालमै पहिलो पटक हस्पिटलले प्रविधि भित्राउन लागेको उनको भनाइ छ।

सम्बन्धित खवर