बेलबारी । मोरङको बेलबारी नगरपालिकाले वडा सचिबहरुको सरुवा गर्ने भित्री तयारी थालेको छ । उनीहरुलाई एक वडाबाट अर्को वडामा सार्ने तयारी थालिएको हो ।
स्रोतका अनुसार सचिबहरुको सरुवाका लागि तयारी तिब्र रुपमा भईरहेको छ । नगरसभा लगत्तै साउन १ गतेदेखि उनीहरुको सरुवाको तयारी छ । यस बिषयमा वडाध्यक्षहरुलाई समेत जानकारी गराईएको छैन । सरुवाको हल्ला भित्री रुपमा फैलिएपछि कर्मचारीहरुका बिच भने खैलाबैला शुरु भएको छ ।