सराेज निराैला/ पथरी असार २६
सुनचाँदीको भन्सार वृद्धी तथा खुल्ला बोडर भएका कारण सुनचाँदीमा तस्करी हुने संभावना बढेको नेपाल सुन चाँदी ब्यावसायी माहासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताउनु भएको छ । शाक्यले पथरी शनिश्चरे सुन चाँदी ब्यावसायी संघको सातौं चुनावी अधिवेशनको उद्घाटन गर्दै उत्त कुरा बताउनु भएको हो । शाक्यले नेपाल खुल्ला बोडर भएको तथा सुनचाँदीको भन्सार वृद्धी भएका कारण तस्करी बढ्ने जोखिम बढ्दै गएको बताउनु भएको छ ।
शक्यले सरकारले सुनचाँदीमा लगाएको विलासिता कर र भन्सार अविलम्ब हटाउनु पर्ने माग राख्दै उत्त करका कारण बैंकमा १ सय ९० केजी सुन होल्ड भएको बताउनु भयो । सुनचाँदी ब्यावसायले देशको अर्थतन्त्रमा डेढ सय अर्वको हिस्सा ओगटेको बताउदै नेपालमा १५ लाख ब्यनवसायी सुनचाँदी ब्यावसायमा आबद्ध भएको र २ लाखले रोजगारी पाएको उहाँले बताउनु भयो । हाल सरकारले सुनचाँदीमा लगाएको करले ब्यावसायी तथा ग्राहकलाई मारमा पारेको उहाँको भनाई छ ।
पथरी शनिश्चरे सुन चाँदी ब्यावसायी संघको सातौं अधिवेशनबाट संघमा रमेश खत्री निर्वाचित हुनु भएको छ । संघको सातौं अधिवेशनबाट खत्री अध्यक्षमा सर्वासमत चयन हुन भएको हो । संघको उपाध्यक्षमा खगेन्द्र बहादुर बस्नेत, सचिवमा खगेन्द्र थेवे, सह सचिवमा गिरीराज पोख्रेल, कोषाध्यक्षमा मनोज साहा, सदस्यहरुमा विमल लिम्बु, गणेश विष्ट, हिरालाल विक, लोकेन्द्र नाथ श्रेष्ठ, राजेन्द्र बराईली र कुमार घिमिरे चयन हुनु भएको छ । सिन भिलेज पाटि प्यालेसमा सम्पन्न सातौं अधिवेशनबाट पथरी शनिश्चरेमा सुन चाँदी ब्यावसाय संघले नयाँ नेत्रित्व पाएको हो ।