सवारीको ठक्करबाट २ हरीणको मृत्यु - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सवारीको ठक्करबाट २ हरीणको मृत्यु

 सराेज निराैला

पथरी असार २५ मोरङको पथरी शनिश्चरेमा २ वटा हरीण मृत फेला परेका छन् ।

सोमबार वविहान करिब ११ः २५ को समयमा पुर्व पश्चीम महेन्द्र राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० स्थित शिवर डाँडामा सवारीको ठक्कबाट २ हरीणको मृत्यु भएको हो । पशुपती सामुदायीक बनको संरक्षणमा रहेको हरीण बाटो क्रस गर्ने क्रमा सवारीले ठक्कर दिएका कारण हरीणको मृत्यू भएको सव डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख दिवश कुमार चौधरीले बताउनु भयो । कुन सवारीले ठक्कर दियो भन्ने बारेमा पुष्टी नभएको र थप अनुसन्धान अगाडि बढाइएको चौधरीले बताउनु भयो ।

पशुपती सामुदायीक बनले ११ महिना बाट उक्त हरीणलाई संरक्षण गरेरका थिए । मृत्यु हुने हरीण एउटा बच्चा र अर्को गर्भिणी पोथी रहेका छन् । सव डिभिजन वन कार्यलय पथरी शनिश्चरे मातहतमा एक महिना भित्र ५ वटा दुर्घटना भएका छन् । ४ वटा दुर्घटनामा ५ वटा हरीणको मृत्यु भएको छ भने एउटा सिकारीको कारणले मरेको तथ्यांक रहेको छ ।

जंगली क्षेत्रमा तिब्र गतीमा सवारीसाधन कुद्नु, वन्यजन्तुका विषयमा सवारी चालकलाई चेतनाको अभाव हुनुले वन्यजन्तु सम्वन्धी दुर्घटना बढ्दै गएको ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख योगेन्द्र सिंह खड्काले बताएउनु भयो । पछिल्लो समय मानिसमा जनचेतनाको कमि हुनु, जंगलमा आगो लगाउनु र सिकारी बढ्न थाले पछि वन्यजन्तु बस्ती आसपास निस्कने गरेका छन । चरण क्षेत्रको अभाव भएको साथै वन्यजन्तु चोरि सिकारी र दुर्घटनममा कडाई नहुनुका कारण यस्तो घटना बढ्दै गएको छ ।

सम्बन्धित खवर