धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान

धनकुटा, २५ असार । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो ।

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिए । ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’

अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिए । वृक्षरोपणका लागि धनकुटाका बिभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए ।

अब, असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिदैछ । सो क्षेत्रमा करिब ३ हजार ५ सय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागि हुन खानेपानी उपभोक्ता समितिले सबैमा आव्हान पनि गरेको छ ।

धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।

सम्बन्धित खवर