सुनिलकुमार शर्माले गरे दुई गाउँ जोड्ने पुलको उदघाटन - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सुनिलकुमार शर्माले गरे दुई गाउँ जोड्ने पुलको उदघाटन

दिपेश रोक्का

कानेपोखरी असार २४   मोरङको कानेपोखरी ६ र ४ सिमानामा रहेको भलुवा खोलामा निर्माण गरिएको फलामे पुलको आज उद्घाटन गरीएको छ ।


२०७९ फागुन १२ गते तत्कालीन प्रदेशसभा सदस्य सुयर्माराज राईले शिलान्यास गरेको ट्रस प्रविधि बाट निर्माण भएको पुलको आइतबार मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनीलकुमार शर्माले उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको ९६ लाख ८३ हजार, पालिकाको १ लाख ८३ हजार रुपैयाँ र अन्य जनश्रमदानबाट पुलको निर्माण कार्य सम्पन्न गरीएको हो । स्थानीय नरबहादुर कट्वालको संयोजकत्वमा पुल निर्माण समिति गठन गरी ८४।८० मिटर लम्बाई र १। ५० मिटर चौडाइको पुलको निर्माण गरीएको हो ।


पुलको उद्घाटन गर्दै डाक्टर शर्माले बिकास निर्माणका काममा दलीय स्वार्थ नराख्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधि भएको हैसियतले यहाँका नागरिकको सेवा र सहयोगमा सधैं तत्पर रहने बताउनुभयो । डाक्टर शर्माले निर्वाचन क्षेत्र भरिको विकास निर्माणको काममा आफ्नो सहयोग सधैँ रहने बताउदै विकासको मुल फुटाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । वहाँले कानेपोखरी गाउँपालिकाले खर्च ब्यवस्थापन गरे पुरै पालिका भरिका जग्गाको पुनःनापी गर्ने प्रबन्ध मिलाएको पनि बताउनुभयो ।

पुल निर्माण सँगै कानेपोखरीका ६ र ४ नम्बरका वडा बासीलाई थप राहत मिलेको छ । खोलामा बाढी आँउदा समस्या भोगीरहेका स्थानीय पुल बनेपछी हर्षित भएका छन् ।

सम्बन्धित खवर