दिपेश रोक्का /कानेपोखरी असार २२ – मोरङको कानेपोखरी गाँउपालिकाले सामान राख्ने स्टोर पर्याप्त नबनाउदा वडा अध्यक्षको कार्यकक्षमा धानका बोरा थुप्रिएका छन् ।
पालिकाले वडा नम्बर ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीको कार्यकक्षमा धान थन्क्याइदिएको हो । गाँउपालिकाले ५० प्रतिसत अनुदानमा यस बर्षका लागी ल्याएको धानको विउ कृषकको माग भन्दा बाहीरको आएपछि प्रयोग विहिन भएको हो । कृषकले रञ्जीत धानको माग गरीरहेको अवस्थामा स्वर्णासव जातको धान आएपछि उपभोग विहिन भएको कृषि शाखा प्रमुख रोजिना भट्टराईले बताईन् ।
१ टन धान कार्यकक्ष भित्र ल्याएर थुपारेपछी कार्यालयमा काम गर्न आउने सेवाग्राहीलाई सेवा दिन अफ्ठ्यारो भएको छ । पटक पटक कृषि शाखालाई कार्यकक्ष खालि गरिदनि अनुरोध गरेपनि बेवस्था गरेको वडा अध्यक्ष अधिकारीको गुनासो छ । यता कृषि शाखा प्रमुख रोजिना भट्टराइलाई यस विषयमा बुझ्दा नेपाल सरकारले कृषकले भने अनुरुपको धानको बीउ समायोजन नगरेको कारण यस्तो समस्या देखिएको बताईन । पालिका सँग पर्याप्त स्टोर नरहेको स्विाकारदै उनले केही दिन पछि यो समस्याको समाधान गर्ने आश्वासन दिएकी छिन् ।