पथरी शनिश्चरेमा स्वास्थ प्रमुख आचार्यको रजगज, १५ बर्ष देखि पथरीमा राज गर्दै - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरी शनिश्चरेमा स्वास्थ प्रमुख आचार्यको रजगज, १५ बर्ष देखि पथरीमा राज गर्दै

साइनाे समाचारदाता/ पथरी, २२ असार

मोरङ पथरी शनिश्चरेका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले नेपालको कानुनको धज्जी उडाउदै हिड्ने गरेका छन । पथरी शनिश्चरे नगरका छैटौै तहका कर्मचारी आचार्यलाई नेपालको कुनै नियम कानुनले छेक्दैन । पालिकामा स्वास्थ प्रमुखको लागि सातै तहको कर्मचारी हुनु पर्ने प्रबाधान छ । तर नगरमा सातै तहको कर्मचारी नहुदा आचार्य स्वास्थ शाखा प्रमुख र नगर अस्पताल प्रमुख रहेका छन ।


स्वास्थ शाखा प्रमुख र नगर अस्पताल प्रमुख दम्भमा कर्यलय भन्दा बाहिर हिन्डुलमा रमाउने आचार्यलाई भेट्न सेवाग्राहीले सास्ती खेप्नु परेको छ । दैनिक जसो राज्यले दिर्घरोगीलाई दिएको सेवासुविधा लिन सेवाग्राहीहरु कार्यलयमा आउने गर्दछन । कर्मचारी नभेटे पछि फर्कनु परेको दिर्घरोगीहरु बताउछन । राज्यले दिर्घरोगीलाई छुटाएको मासिक ५ हजार लिन २ महिना देखि नगरपालिका धाएको जमुना राईले बताउनु भयो । सासु मृगौला रोगि हुनुहुन्छ अघिल्लो महिना पाउनु पर्ने रकम हाल सम्म नपाएको उहाँको गुनासो छ ।

स्वास्था तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, विर अस्पताल नेम्सका भिसि डा. भुपेन्द्र बस्नेत, कोसी प्रदेश स्वास्थ निर्देशक ज्ञानबहादुर बस्नेतको आडमा जरै गाडेर बसेका आचार्यलाई काग्रेसका प्रत्येक अधिबेशनमा कार्यलय छाडि काठमाडौ सम्म पुग्नु सामान्य कुरा हो । आचार्य काग्रेस निकट भएका कारण र माथिल्लो ओहोदाका कर्मचारीको आडमा एकै ठाउ १४/१५ बर्ष विताई सके ।

सोहि कारणले कार्यलयको काम भन्दै काग्रेसका प्रत्येक अबिधेशनमा काठमाडौ घुम्नु उनका लागि सामान्य कुरा भएको छ । उनको हुलिया हेर्दा कर्मचारी हुन की सेवाग्राही हुन छुट्याउनै गाह्रो हुन्छ । उनिलाई कर्मचारी पोसाकमा नदेखेको ८/१० बर्ष भएको पथरीबासीहरु बताउछन । मन्त्रायका सचिव, कर्मचारी संगठन र नेपाली काग्रेसमा राम्रौ प्रभाव जमाएका कारण उनिलाई कुनै पनि नियम कानुनले छुन नसक्ने जानकारहरु बताउछन ।

मेरो सरुवा गर्न सक्ने पावर कसैको छैन भन्दै पथरी शनिश्चरेमा १४/१५ बर्ष देखि रजगज गर्दै आएका छन । पथरी शनिश्चरे नगरमा १४/१५ बर्ष सम्म बस्ने उनि मात्र एक कर्मचारी हुन । स्थानियले स्वास्थ प्रमुख मुरारी आचार्यलाई कार्यलय समयमा भेट्नु, सेवा पाउनु, पोसाकमा देख्नु र उनको सरुवा हुनु उस्ता उस्तै हो भन्ने गरेका छन । उनिलाई पोषाकमा भेट्नु र कार्यलयमा भेट्नु भनेको पश्चिमबाट घाम उदाउनु जस्तै भएको छ । सरकारी काम कहिले जाला घाम भने झै कार्यलयको कामकाजको बहानामा बाहिरी घुमघाममा जानु उनका लागि सामान्य कुरा हो ।

लामो समय देखि पथरी शनिश्चरेमा राजगाज गर्दै बसेका आचार्य अफिस समयमा प्रमुख प्रसासकियको कोठामा समय बिताउने गरेका छन । झट्ट हेर्दा नगर प्रमुख, प्रसासकिय अधिकृत र उपप्रमुखको बडिगाड जस्तै देखिने आचार्यलाई कार्यलयमा कहिल्यै भेटिदैन । आचार्यकै योजनामा नगर अस्पतालको फार्मेसी ठेक्कामा लगेको छ । अस्पतालले बार्षीक २० लाख हाराहारीमा पथरी शनिश्चरेका संजिव गुप्तालाई फार्मेसी ठेक्कामा दिएको गोप्य स्रोतको दावि छ ।

बिहानको ७/८ बजे कार्यलयबाट निस्केका आचार्य रातको ११/१२ बजे क्वाटरमा प्रबेश गर्ने गरेको स्थानिय बताउछन । पथरी शनिश्चरे नगरको खरिद समितिमा रहेका आचार्य, प्रमुख प्रसासकिय अधिकृत लगायतको समितिले बोलपत्र सुचना लुकाउने गरेको पाईएको छ । उत्त समितिले आफु निकटका र नगर बाहिरका ब्यापारीलाई गोप्य सुचना गराई खरिद गरेको पाईएको छ । कमिसनको खेलमा कार्यलयलाई आवस्यक फ्रिज खरिदका लागि दमक सम्म पुग्ने आचार्यले अस्पतालका लागि जडान गरिएको एसिको रकम हाल सम्म पनि भुक्तानी नभएको स्थानिय ब्यापारी बताउछन ।

यता उक्त्त विषयमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, नेपालका गुनासो सुन्ने अधिकारी डा रविन्द्र निरौलालाई बुझ्दा सामान्यतय २ बर्ष सम्म एक स्थानीय तहमा काम गरे पछि सरुवा हुने प्रबाधान रहेको बताए । स्थानियतह समायोजन भए पछि कर्मचारी हेरफेर प्रदेशमा नरहेको र संघिय मामलाले हेर्ने भएकाल पथरी शनिश्चरेको सवालमा आफु अनविज्ञ रहेको बताउदै माथिल्लो तहमा जानकारी गराउने बताए ।

सम्बन्धित खवर