पत्रकार बेघा सम्मानीत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पत्रकार बेघा सम्मानीत

सरोज निरौला/पथरी, असार १८
मोरङको पथरी शनिश्चरे नगरपालिकाले अग्रज पत्रकार फिपराज बेघालाई सम्मान गरेको छ । साथै नगरको उत्कृष्ठ मिडियाका रुपमा प्रदेश दैनीककालाई पुरस्कृत गरेको छ । पथरी शनिश्चरे नगरपालिकाले बार्षिक रुपमा सञ्चार मिडिया प्रवर्दन कार्यक्रम अनर्तगत अग्रज पत्रकार सम्मान तथा एक उत्कृष्ट सञ्चारमाध्यमलाई पुरस्कार प्रदान गर्दै आएको छ । नगरपालिकाले यो बर्षको पत्रकार सम्मानबाट बेघालार्ई र उत्कृष्ठ अनलाईन प्रदेश दैनीकलाई पुरस्कृत गरेको हो ।

सम्मानीत बेघा २०५७ सालदेखी साहारा द्धैमासीक पत्रीकामा कार्यकारी सम्पादक भई पथरी शनिश्चरे नगर क्षेत्रमा पत्रकारीता गर्दै मोफसलको पहिलो साप्ताहिक पत्रिका मोफसल साप्ताहिकमा लामो समय काम गरेका पत्रकार हुन । एलएलबि सम्म अध्ययन गरेका बेघाले साईनोखबर डटकम, संघिय साप्ताहिक क्रेजी टडकममा काम गरीसकेका छन भने उनि हाल सेवारो पोष्टमा सम्पादक रहेका छन् ।

सम्मानीत बेघालाई नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रुपमा पत्रकार मुहार पेन्टिङ सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै प्रदेश दैनीकका सञ्चालक भिमराज अधिकारीलाई उत्कृष्ट मिडिया प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै सम्मानीत बेघाले पत्रकारीतामा अराजकता बढेको बताउदै पत्रकारले अराजकतालाई अनुसरण गर्न नहुने बताए । बेघाले आफुले पाएको सम्मानले थप जिम्मेवारी बढेको महसुस गरेको बताएका छन् । यस्तै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरको विकासमा पत्रकारको अहम भुकिका रहेको बाएका थिए ।
नगरपालिकाले सञ्चार क्षेत्रको विकासको लागि २०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि ल्याएर पत्रकारलाई सम्मान, पुरस्कार र नगरमा स्थापित मिडिया हाउसहरुलाई वार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर