विजय खम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालय मोरङको पूर्व प्रमुख वर्ष ५९ दिलिपकुमार राई हाल के गरिरहेका छन ? भनेर स्थानियहरुलाई कौतुहल्ता हुन्छनै । नगर प्रमुखको भुमिकामा रहँदा चौतर्फी चर्चा भएका ब्यात्ती गुमनाम हुँदा खोजी हुनु पनि पर्छ नै ।
अहिले भेटिने सजिलो उपाय सामाजिक संजाल फेसबुक हो तर पूर्व प्रमुख राई सामाजिक संजाल फेसबुक अवलोकन मात्रै गर्छन । आफ्नो सक्रियता देखाउदैनन् । फेसबुक अवलोकन गरिरहदा लाइक र कमेन्ट पनि गर्दैनन् । आफुलाई मन परेका विषयवस्तुहरुको लिङक मनपर्ने साथीको म्यासेन्जरमा लगाइदिन्छन त्यती हो ।
पूर्वप्रमुख राईको सामाजिक संजाल फेसबुक अवलोकन गर्दा ३१ मे मा भुपेन्द्र कोइरालाले पोष्ट गरेको सन्देशमुलक सुचना शेयर गरेका छन । आफैले चाँही ६ अप्रिलमा एसियाकै दोस्रो अग्लो झोलुङगे पुलमा उभिएको फोटो पोष्ट गरेका थिए । त्यस भन्दा यता कुनै पनि फोटो पोष्ट भएका छैन ।
खोटाङको चिहानडाँडा डाँडागाउँमा जन्मीएका राई सपरिवार पथरीशनिश्चरे बसाइसरी आएको करिब ३० वर्ष जति भयो । पथरीशनिश्चरे १ यलम्बरचौक स्थित ऐलानी जमिनमा मिनि घर छ । राई त्यस घरमा बस्दैनन् । अन्नपूर्ण लाइनको एक घरमा भाडामा बस्छन । आजसम्म राईको नाममा कहिकतै पनि नम्बरी जग्गा छैन ।
सुखदुखको काममा सुचना आएसम्मा (मलामी बिवाहा ब्रतबन्ध) । त्यती हो राई नेकपा एमाले पार्टीको प्रदेश सदस्य भएको हुनाले जिम्मेवारी अनुसार काम गर्छन र खाली समय २ छोरीसंग खेल्ने खेलाउने, पढाउने आफै पनि बिभिन्न विषयको खोज गरि अध्ययन गर्ने काम गर्छन । पूर्व प्रमुख राई भन्छन, म खुसीसाथ बसेको छु ।
गत साल मंसिर ४ गते प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्यका लागी भएको निर्वाचनमा राई प्रदेशसभा सदस्य पदको उम्मेद्धवार थिए । तर उनि पराजित भए । अब जीवन धान्नको लागी उचित ब्यवसाय गर्ने सोंच रहेको बताउछन ।
साभार तिम्मा साप्ताहिक