सांसद सुनिल शर्मा बने सन्यासी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

सांसद सुनिल शर्मा बने सन्यासी

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।

बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

सन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।

सामाजिक सेवा र व्यवसायसँगै राजनीतिमा पनि सक्रिय सांसद शर्माले अब सन्यासी जीवन विताउँन लागेका हुन् । ओशो सन्यासीहरूले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने भएपनि दैनिक ध्यान गर्नुपर्ने नियम छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत, एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट लगायत पनि ओशो सन्यासी बनिसकेका छन् ।

 

सम्बन्धित खवर