दिपेश रोक्का / पथरी, असार १०
मोरङ को पथरि शनिस्चरे नगरपालिका स्थित वडा नं ४ कला साहित्य समिति को आयोजना भएको एकल गायन प्रतियोगिता सम्पन्न्न भएको छ । ब्राइट सनराइज बोर्डिङ स्कुलका समिर पाठक´टप फाइभ का ´ बिजेता बन्न्न सफल भएका छन । वडा नं ४ शनिस्चरे मा रहेको भागिरथ बिधालय को प्राङ्गणमा आयोजित एकल गायन प्रतियोगिता बाट टप फाइभ छनिए ।
५४ जना प्रतियोगिबाट अडिसन बाट १२ छानिएर फाइनल मा टप फाइभ मा फाइनलिस्ट साहारा नेपालि , रिचा ठटाल , कुसुम श्रेषठ , सुस्मिता बिक पर्न सफल भएका छन । वडा भित्र रहेका प्रतिभा खोजि गर्ने उदेश्य ले आयोजित प्रतियोगिताको पहिलो राउण्डबाट छनोटमा परेका १२ जनाले सहभागि भएका थिए ।
वडा नं ४ का वडा कार्यालय को आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना भएको थियो । वडा नं ४ का अध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा सोहि वडाको कला साहित्य तथा संस्कृति प्रवर्द्धन समिति अध्यक्ष राम विकले अध्यक्षता गर्नुभएको थियो ।
उक्त अवसरमा पथरीशनिश्चरे जेसीजका सल्लाहकार राज वि.क, नगरपालिकाकी न्यायिक तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, हिक्मत श्रेष्ठ ,नगर कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समिति अध्यक्ष अमीर राई, विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रतिनिधि, विद्यार्थी, आदिको उपस्थिति रहेको थियो । सोहि क्रममा सून्दर नृत्य समेतहरु प्रस्तुत गरिएको थियो ।