सरोज निरौला / पथरी, १० असार, मोरङको पथरी शनिश्चरे नगरमा कर्वडहल नभएका कारण ब्याडमिन्टन खेलाडीहरु विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को रासन राख्न गोदामलाई कर्वडहलका रुपमा प्रयोग गर्दै आएका छन । मानिस स्वास्थ रहनको लागि खेल एक महत्वपुर्ण पाटो हो । तर नगरपालिकाले खेलकुदमा चासो नदिएका कारण पथरी शनिश्चरे नगरमा कुनै पनि खेलकुद कार्यक्रम हुन सकेको छैन । त्यसमा पनि खेल समिति, खेल मैदान र कर्वडहल नभएका कारण खेलाडीहरु खेल खेल्नबाट बन्चीत भएको खेलाडी छवि घिमिरे बताउनु हुन्छ ।
ब्याडमिन्टन खेलका लागि हावा हुरी र पानी बाधक हो । यो खेल इन्डोर खेल भएका कारण कर्वडहल भए घाम पानी, हावाहरी जस्तो सुकै समयमा पनि यो खेल्न सकिने खेल हो । तर सुरक्षीत कवर्ड हल नभएका कारण पथरी शनिश्चरे नगरमा व्याडमिन्टन खेलाडीहरु छिमेकी पालिका धाउनु परेको खेलाडी सुमन कुरुङवाङले बताए ।
नगरको मापदण्ड अनुसार एक पालिका एक कर्वडहल सहितको खेलमैदानको हुनु पर्ने हो । तर पथरी शनिश्चरे नगरमा हाल सम्म कर्वडहल निर्माण हुन सकेको छैन । केहि खेलाडीहरु विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को रासन राख्न गोदामलाई कर्वडहलका रुपमा प्रयोग गर्दै आएका छन । उत्त गोदाम पनि सबै तिर च्यातिएको र कपडा प्लास्टिकले टालेको छ । खेलाडी आफैले पैसा कलेक्सन गरि विजुली बत्तीको ब्यावस्था मिलाएका छन । नगमा कर्वडहलको आवस्यक्ता रहेको तर नगरले बेवस्था गरेका कारण खाद्यय गोदाममा खेल खेल्न बाध्य भएको खेलाडी दिपक राई बताउछन ।
दातृराष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले फलाम र विदेशी तिर्पालबाट ठुलो हल निर्माण गरेको थियो । उत्त हल पनि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भूटानी शरणार्थी शिविरका जनतालाई रासन बढ्न छाडे पछि खालि भएको हो । खालि गोदाम र इलाका प्रहरी कार्यलयको परिसरमा खेल्दै आएका छन । नगरलाई ब्याडमिन्टनका माध्यबाट जिल्ला प्रदेशमा चिनाउदै आएका सनम मगर, श्री प्रसाद लिम्बु, रंजित पोमु, सुमन लिम्बु, सुमन राई, बादल गुरुङ जस्ता खेलाडीहरु कर्वडहल नभएकै कारण पछी परेका छन ।
यता नगरमा फुटवल, भलिवल, क्रिकेट, तेक्वान्दो, कराते, ब्याडमिन्टन जस्ता खेल खेल्ने खेलाडी प्रर्याप्त छन । तर नगर संग कुनै पनि खेलका लागि उपयुक्त मैदान र हल छैन । नगरले खेल प्रति देखाएको उदाशीन्ताका कारण खेलाडीहरु विदेशीन थालेको छन ।
नगरबाट फुटवल खेल्दै आएको विष्णु तामाङ, विशाल पाण्डे, समिर धिमाल, रोजन सिवाकोटी, कृष्ण राई जस्ता खेलाडीहरु विदेशिएका छन । नगरले खेलकुदमा चासो नदिएका कारण र भविष्य नदेखीएका कारण खेलाडी विदेशीन बाध्य हुनु परेको खेलाडी विशाल पाण्डे बताउछन ।