उज्ज्वल भविष्य बाल क्लब गर्यो क्यान्सर पीडितलाई सहयोग - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

उज्ज्वल भविष्य बाल क्लब गर्यो क्यान्सर पीडितलाई सहयोग

दिपेश रोक्का, असार ९/ कानेपोखरी
मोरङको कानेपोखरी गाउँपालिका वाड नम्बर ६ मा रहेको उज्ज्वल भविष्य बाल क्लबले क्यान्सर पीडितलाई सहयोग गरेको छ।

कानेपोखरी गाउँपालिका वाड नम्बर ६ रमाइलो निवासी पवित्रा माझी बिगत लामो समय देखि क्यान्सर पीडित हुनुहुन्छ ।आर्थिक स्थिति कमजोर भएको कारण औषधि उपचार गर्न पाउनु भएको थिएन। उपचारको क्रमलाई अगाडि बढाउन बाल क्लबले सहयोग गरेको क्लवका सचिव उपेन्द्र पौडेलले बताउनु भयो । उज्ज्वल भविष्य बाल क्लबले संकलित रकम क्यान्सर पीडितको उपचारको लागि उपलब्ध गराएको छ।रकम उज्ज्वल भविष्य क्लबका सचीव पौडेलले क्यान्सर पिडितलाई हस्तान्तरण गर्नु भएको थियो ।

उज्ज्वल भविष्य बाल क्लब एउटा बालबालिकाको हितको लागि काम गर्ने बाल क्लब हो। उज्ज्वल भविष्य बाल क्लबले सामाजिक कामहरु पनि गरेको छ। बाल क्लबले क्यान्सर पीडितलाई नगद रकम पहिलो चरणमा २४००० र दोस्रो चरण मा ७७८२० तथा तेस्रो चरणमा ११७७५० सहयोग गरेको सचीव पौडेलले बताउनु भएको छ ।

अहिले सम्म कानेपोखरी गाउँपालिकाले न गरेको काम उज्ज्वल भविष्य बाल क्लबले गर्दै आएको छ।आगामी दिनमा पनि सामाजिक बाल क्लबले कामहरु गर्ने सचीव पौडेलले बताए।।उपचारको लागि देश तथा बिदेशमा रहनु भएका सहयोगि दाताबाट रकम आएको संरक्षक नवीन श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित खवर