लेटाङ । अरु व्यक्तिहरुलाई आफू बाबु बनेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा प्रहरीले मोरङको लेटाङबाट भूपू ९भूतपूर्व० बेलायती सैनिकलाई पक्राउ गरेको छ ।
अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लिम्बूले नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंका छ। नक्कली बाबु बनेर अरुलाई नागरिकता दिलाएको विषय बाहिरिएपछि अनुसन्धान एवं कारबाहीका लागि पक्राउ उनले बताए ।
प्रहरी स्रोतका अनुसार उनले मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नागरिकता दिलाएको र बाबु बनेर नागरिकतामा आफूले सनाखत गरेको खुलेको छ । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा लिम्बूलाई पक्राउ गरिएको हो । लिम्बू बेलायतका अवकाश प्राप्त सैनिक हुन् । बेलायती सैनिकमा भर्ना गरिदिनेभन्दै लिम्बूले आफू बाबु बनेर अन्य व्यक्तिहरुलाई नेपाली नागरिकता बनाइदिएको प्रहरी स्रोतको भनाइ छ ।