पथरी शनिश्चरे वडा नं १ ले सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजना गरिएको सो सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडावासीहरु बाक्लो रुपमा उपस्थित भएका थिए । प्रगति विवरण वडाध्यक्ष भीम राईले प्रस्तुत गर्नुभएको थियो भने वडावासीहरुले प्रश्न र सुझावहरु राखेका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, अतिथिहरु वसन्तकुमारी राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेशकुमार कार्र्की, आरती विश्वकर्मा, वडा सचिव इन्दु सुवेदी र प्राविधिक बलबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । हरेक बर्ष वडा भित्रको कामको विवरण प्रस्तुत गर्ने र जनताको गुनासो प्रत्यक्ष सुनुवाई गर्नको लागी कार्यक्रमकोे आयोजना गरीदै आएको छ ।