पथरी शनिश्चरे नगरापालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी शनिश्चरे नगरापालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सरोज निरौला

पथरी २७ जेष्ठ – मोरङ पथरी शनिश्चरे नगरापालिका वडा नम्बर ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

वडाले आर्थिक बर्ष ०७९ र ०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

सार्वजनीक सुनुवाई कार्यक्रममा वडाले बर्षभरी गरेको कामको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष विजय लिम्बुले ०७९÷०८० मा पुर्वाधार विकास योजनामा ४६ लाख ८७ हजार ३ सय ९५, खेलकुद तर्फ २ लाख ,स्वास्थ्य तर्फ १ लाख, कृषि तर्फ ३ लाख , लक्षीत कार्यक्रम तर्फ ९ लाख,आपतकालीन मर्मत खर्च अन्तर्गत ३ लाख २५ हजार खर्च गरेको बताउनु भयो । वडाले भावि योजना अन्तर्गत कृषि, सिँचाई, स्वास्थ्य, शिक्षा, खेलकुद, ज्येष्ठ नागरीक महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेर आगामी कार्ययोजना अघि सारेको छ ।

सार्वजनीक सुनुवाई कार्यक्रममा ०७९÷०८० को बजेट अनुसार काम भएको प्रति प्रसंसा गर्दै वडा बासीले आँउदो बजेटमा छुटेका कामहरु समयमा सम्पन्न गर्न सुझाव दिएका थिए । वडाले गर्नुपर्ने कामको बँुधागत रुपमा सुझाव दिँर्दै वडा बासीले स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी, भौतीक पुर्वाधार लगायतका विषयमा आफ्ना गुनासाहरु समेत प्रस्तुत गरेका थिए । विषेश गरी वडा नम्बर ३ मा देखिएको विद्युत आपुर्तीको समस्या,समयमा सम्पन्न गर्नुपर्ने सडक सञ्जालको विस्तार नगरीएको, भित्रि बाटोका पैनीहरुमा हमपाईपको व्यवस्थापन नभएको, विद्यार्थी आवतजावत गर्ने विद्यालय मार्गको स्तर उन्नती नगरीएको, वडामा हुने मसल्न्द खर्चमा कटौती नगरीएको, सुकुम्बासी समस्यामा वडा गम्भीर नभएका,े खेलकुद क्षेत्रमा वडाले मैदान व्यवस्थापन नगरेको, खेलाडीलाई यथोचित बजेट विनियोजन नगरेको, बालबालिकाको क्षेत्रमा वडाले समुचीत काम नरेको लगायतका यावत गुनासो वडाबासीले गरेका थिए ।

वडा बासीको गुनासोलाई सम्वोधन गर्नुहुँदै वडा अध्यक्ष विजय लिम्बु वडा सदस्य झन्केस्वरी अधिकारी, सम्झना नेपाली, चन्द्र प्रसाद चेम्जोङ र मोहन प्रसाद गौतमले प्रष्ट पार्नुभएको थियो । वडा अध्यक्ष लिम्बुले विद्युत आपुर्तीको समस्यामा वडाले धमाधम कम क्षमतका ट्रान्सफर्मर फेर्ने काम गरीरहिएको हुँदा यो समस्या चाँडै समाधान हुने बताउनुभयो । सडक सञ्जाल विस्तारका क्रममा वजेट पुग्नेगरी नआएको र धेरै बाटोको निर्माणकार्य वाँकी रहेकाले विस्तारै सबै क्षेत्रको सडक समयमै सम्पन्न गर्ने,हमपाईप नपुगेको क्षेत्रमा अवलोकन गरी आवश्यक्क्ता अनुसारको काम गर्ने,सकुम्वासी समस्या समाधानको विषयमा वडाबासीसँग बसेर आवश्यक छलफल गर्ने,खेलाडीलाई आफ्नो क्लव दर्ता भएपछि मात्रै वडा बाट सेवा सुविधा दीने,वडाले गर्ने विविध खर्च कटौती गरी विकासका काममा लगाउने र बालबालिकाको क्षेत्रमा वडाले हालसम्म कुनै काम गर्न नसकेको कारण अबको पालोमा सबै बालबालिकालाई समेटेर विविध कार्यक्रम सञ्चालन गरीने बताउनु भयो ।

वडाले वर्षभरी गरेएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागीे प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको छ । वडा नम्बर ३ पिपलचोकमा आयोजना भएको सुनुवाई कार्यक्रममा १ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर