फुटबल प्रशिक्षणमा सहयोगी बढ्दै,अव कसैले अभावमा खेल्न नपर्ने - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

फुटबल प्रशिक्षणमा सहयोगी बढ्दै,अव कसैले अभावमा खेल्न नपर्ने

आफ्नै मैदानबाट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ फुटबल प्रशिक्षण गराईरहेको हनुमान युनाईटेड फुटबल क्लवलाई सहयोग जुट्न थालेको छ ।


पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्ले,वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष जय बहादुर तामाङ साथै पथरी शनिश्चरे घर भई हाल अमेरीका रहनुहुने राजनराज कठेतले क्लवलाई सहयोग गर्नुभएको हो । उपमेयर काफ्लेले २ वटा फुटबल,पुर्व वडाअध्यक्ष तामाङले २ वटा फुटबल र अमेरीका रहनुहुने कठेतले रु १२ हजार सहयोग गर्नुभएको हो ।


मोरङको पथरी शनिश्चरे नगरापालिका वडा नं १ को पञ्चायत मावि खेल मैदानमा ३५ भन्दा बढि बालबालिकाहरु फुटवल ट्रेनिङ गर्दै आएका छन । खेल सामाग्रीको अभावमा ट्रेनिङ गर्दै आएका साना साना खेलाडीहरुले अब खेल सामाग्रीका साथ ट्रेनिङ गर्न पाउने भएका छन ।केहि समय अगाडिबाट हनुमान युनाईटेड फुटबल क्लवका खेलाडी रविन राईले ३५ जना बालबालीकालाई निशुल्क फुटबल ट्रेनिङ गराई रहेका छन । साना साना खेलाडीलाई खेल समाग्रीको अभावमा ट्रेनिङ गराई रहेका थिए । खेलाडी राईले सामाजिक संजालमा खेल सामाग्री अभावमा फुटवल खेल्दै गरेका बालबालीकाका लागि सहयोगको अपिल गरेका थिए ।


खेल सिकाईरहदा अफ्ठ्यारो भएको गुनासो पश्चात यतिबेला सहयोगी हातहरु बढ्न थालेको छ । हरेकदीन विहान खेलको तयारी गराईरहेका राईको अपिललाई सहमयोगी मनहरुले आत्मासाथ गरेका छन् । कसैले पनी अभावका कारण आफ्नो रहरबाट बन्चीत नहुनुपरोस भन्ने उदेश्यले खेल सामग्री साथै रकम हस्तान्तरण दाताहरुको भनाई छ ।
यस्तै हिजो पथरी शनिश्चरेको प्रस्तावित रंगशालामा जुनीयर साथै सिनीयर ग्रुप बनाएर खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण गराउँदै अगाडि बढीरहेको पथरी ११ फुटबल क्लवलाई पथरी शनिश्चरे ६ का पुर्व वडा अध्यक्ष जय बहादुर तामाङले ३ थान फुटबल हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धित खवर