भारतीय आर्मी मनकाजीको फुटवल खेलाडीलाई सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

भारतीय आर्मी मनकाजीको फुटवल खेलाडीलाई सहयोग

सरोज निरौला / पथरी, २४ जेष्ठ, भारतीय सेना (आर्मी) मा कार्यरत मनकाजी गुरुङले फुटवल खेलाडीहरुलाई खेल सामाग्री सहयोग गर्नु भएको छ । पथरी शनिश्चरेमा १ का गुरुङले खेल सामाग्रीको अभावमा पशिक्षण गरि रहेका ३५ खेलाडीहरुलाई रु २० हजार बराबरको खेल सामाग्री र फुटबल सहयोग गर्नुभएको हो ।
मोरङको पथरी शनिश्चरे नगरापालिका वडा नं. १ को पञ्चायत मावि खेल मैदानमा ३५ भन्दा बढि बालबालिकाहरु फुटवल ट्रेनिङ गर्दै आएका छन । खेल सामाग्रीको अभावमा ट्रेनिङ गर्दै आएका साना साना खेलाडीहरुले अब खेल सामाग्रीका साथ ट्रेनिङ गर्न पाउने भएका छन ।
केहि समय अगाडिबाट हनुमान युनाईटेड फुटबल क्लवका खेलाडी रविन राईले ३५ जना बालबालीकालाई निशुल्क फुटबल ट्रेनिङ गराई रहेका छन । साना साना खेलाडीलाई खेल समाग्रीको अभावमा ट्रेनिङ गराई रहेका थिए । खेलाडी राईले सामाजिक संजालमा खेल सामाग्री अभावमा फुटवल खेल्दै गरेका बालबालीकाका लागि सहयोगको अपिल गरेका थिए ।
खेल सिकाईरहदा अफ्ठ्यारो भएको गुनासो पश्चात यतिबेला सहयोगी हातहरु बढ्न थालेको छ । हरेकदीन विहान खेलको तयारी गराईरहेका राईको अपिललाई भारतीय आर्मीमा रहेका गुरुङले छुट्टिमा आएको समय पारेर सहयोग गरेका हुन । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रवर्दन गर्ने उदेश्यले सहयोग गरेको गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो कसैले पनी अभावका कारण आफ्नो रहरबाट बन्चीत नहुनुपरोस भन्ने उदेश्यले खेल सामग्री हस्तान्तरण गरेको बताउनु भयो ।

सम्बन्धित खवर