सफलता सवाल र चुनौती विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

सफलता सवाल र चुनौती विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

पथरी जेष्ठ १८- सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मोरङ जिल्लाको आयोजनामा भएको सफलता सवाल र चुनौतीका विषयमा भएको अन्तरकृया कार्यक्रममा मोरङका ९ ओटा सामुदायीक वनको सहभागिता रहेको थियो । डाँस मोरङी सामुदायिक वन पथरी शनिश्चरेको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले गरेनु भएको थियो ।

प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सामुदायीक वनले उपभोक्ताको आवश्यक्ता पुरा गर्दै आएकोमा खुसि व्यक्त गर्नुभयो । वहाँले पछिल्लो समय वनमा चोरी तस्करी बढदै गएको बताउदै यस्को संरक्षणमा डटेर लाग्न महासंघलाई सुझाव दिनु भयो ।

कार्यक्रममा बोल्दैै महासंघका कोशी प्रदेश सदस्य अग्नी पौडेलले नाफारहित सामुदायीक बनहरुलाई सरकारले तिनतहको कर उठाएको प्रति पूनर्विचार गर्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रमका अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मोरङका अध्यक्ष कृष्ण प्रसाद लुईटेलले वन व्यवस्थापन र संरक्षण थप चुनौती बढ्दै गएको बताउदै । सामुदायीक वनले वनको संरक्षणमा कुनै कसर वाँकी नराखेको बताउदै सरकारले वनको संरक्षणको विषयमा राम्रो निति बनाउन आवश्यक रहेको बताउनु भयो ।

सरकारी निकायबाट र स्थानीय निकायबाट सामुदायीक वनको लागी गरेका हालसम्मको क्रियाकलाप र वन व्यवस्थापनमा देखिएका चुनौती र यस्को निराकणका विषयमा सामुदायीक बनका उपभोक्ता र सरकोकार वालाहरुविच अन्तरक्रियाको गरिएको थियो ।डाँस मोरङी सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघ नेपाल कोसी प्रदेश महासचिव रेनुका दाहाल सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मोरङ उपाध्यक्ष मदन पोख्रेल, सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष मैनादेवि फुयाल (आचार्य) लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

सम्बन्धित खवर