साइनो समाचारदाता, पथरी, १२ जेष्ठ
मोरङ पथरी शनिश्चरे वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्कालाई वडावासीको भन्दा पनि भुमाफियाको चिन्ता बढ्दै गएको छ । खड्काले केही दिन अघि विभिन्न अनलाईन तथा पत्रपत्रिकामा आएको भू–माफियासँग मिलेर वडाध्यक्षले बेचे सिंगो गाउँ समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ती निकालेका छन ।

पथरी शनिश्चरे ५ भोटेघुम्तीका ३६ घरपरिवारले जोतभोग गर्दै आएको जग्गा वडाध्यक्ष खड्काले योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीलाई प्रतिलिपीका लागि सिफारिस गरिदिएका छन । नगपालिकामा कटुवाल र क्षेत्रीले २०७९ पौष १४ गते सिफारिस पाउँ भनि निवेदन दिएका थिए । वडाध्यक्षले बाक्लो बस्ती बसेको र आफुले थाहा पाईरहेको जग्गा सिफारिस गरे पछि स्थानीयले अध्यक्षले माफियासँग मिलेर गाउँ नै बेचेको आरोप लगाएका थिए ।
वडामा बसोबास नै नगरेका मान्छेलाई स्थायी बासिन्दा भनेर एउटा गाउँ नै २ व्यक्तिका नाममा पूर्जा प्राप्तीका लागि खड्काले सिफारिस गरेपछि माफियाहरूले पूर्जा प्रतिलिपी निकालि सकेका छन । खड्का वडा सदस्य हुदा देखिनै उत्त जग्गाको सिफारिसमा विबादमा रहेको थियो । पुर्व वडाध्यक्ष जोगबहादुर धिमालको पालामा उत्त जग्गाको सिफारिस लिन आउदा धिमालले नदिएको बताए । आफुलाई सिफारिस गरिदिए मोटो रकम दिने प्रलोभन देखाए पछि धिमालले सिफारिस खोसेर च्यातेको बताउछन ।
जग्गा वडा नं. ५ मा रहेको तर माफियाहरुले वडा नं. ७ मा सो जग्गाको १५ हजार २ सय ल५२ रुपैयाँ मालपोत तिरेको देखिएको छ । मालपोत तिर्दा उनीहरूले पथरी शनिश्चरे वडा नं. ७ मा पर्ने जग्गा भनेर मालपोत तिरेका छन् यसको अर्थ उनीहरूलाई सो जग्गा कहाँ पर्छ भन्ने समेत यकिन नभएको बुझिन्छ । २०५३ सालमा योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीले सो गाउँमा पर्ने ६ ञ को कित्ता नं. ४८ को २ बिगाहा ६ कट्ठा १ धुर र कित्ता नं. ७७ को ५ कट्ठा १० धुर गरी जम्मा २ बिगाह ११ कट्ठा ११ धुर जग्गाको मालपोत कार्यालय बेलाबारीमा श्रेष्ता कायम गराएका थिए । सोही श्रेष्ताको दर्ता प्रयोजनका लागि मात्रै भनेर मालपोत कार्यालय बेलबारीबाट २०७४ सालमा श्रेष्ताको उतार कपी लिएको पाइएको छ ।
वडाध्यक्षले जानाजान उनिहरूलाई धनिपूर्जाको प्रतिलिपी दिन मालपोत कार्यालय बेलबारीलाई २०७९ पौष १७ गते सिफारिस गरेका थिए । यति मात्रै हैन अध्यक्ष खड्काले उनीहरूको फोटो टाँस गरी प्रमाणित गरेर उर्लाबारीका मान्छेलाई पथरी शनिश्चरे वडा नं। ५ बस्ने भनेर सिफारिस गरिदिएका छन् । वडाध्यक्ष खड्काले माफियाबाट मोटो रकममा लिई सिंगो गाउँ नै बेचेर हामी स्थानीयको विलिबाठ पारेको स्थानीय बताउछन । यता हामीले जग्गा रोक्का गरेको र न्यायका लागि नगर, मालपोत र संचाकर्मी संग सहयोग माग्दा उल्टै भु माफियाको बचाउमा प्रेस विज्ञप्ती निकालेको पीडित ईश्वरबहादुर थापाले बताए ।