पेन्सल भेनीया अमेरीका – यहाँ रहेका किरात समुदायका नेपालीहरुले समुहीक रुपमा उभौली पर्व मनाएका छन् ।

किरात यलम्बर सोसाईटी अफ पिट्सवर्क पेन्सल भेनीया अमेरीकाको अयोजनामा भएको सो उभौली पुजामा उल्लेखीय रुममा नेपनलीहरुको सहभागीता रहेको थियो । उभौलि उधौली पर्वको अवसरमा सामुहीक पुजा गर्दै आएको सोसाईटीले जहाँ रहेता पनि आफ्नो संस्कार र परम्परालाई जगेर्णा गर्ने र भावी पुस्तालाई आफ्नो रितिरिवाज र परम्परा सिकाउन पनि उल्लेख्य भूमिका खेल्दै आएकोर यस्को निरन्तरतामा सधै लागी पर्ने सोसाइटीका केन्द्रीय सदस्य सन कुमार गुरुङले बताउनुभयो ।

उभौली पूजाको अवसरमा यहाँ रहेका बालबालिकाहरुले साकेला सिली नाच म्युजीकल चियर प्रतियोगिता साथै अंग्रेजी महिनामा पर्ने आमाको मुख हेर्ने दिनको अवसर बनाउदै उक्त पूजामा सहभागी वृद्ध आमाहरुलाई केक काटेर खुवाएर मनाइएको थियो ।

















