मतदान मार्फत क्याप्टेन तथा भाइस क्याप्टेन छनौट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

मतदान मार्फत क्याप्टेन तथा भाइस क्याप्टेन छनौट

पथरी शनिश्चरे नगरपालिकास्थित शान्ति चोकमा रहेको रेडस्टार माध्यमिक विद्यालयले विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन तथा हाउँस क्याप्टेन मतदान प्रक्रियाबाट निर्वाचित गरेको छ ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीले मताधिकार प्रयोग गरेका थिए । निर्वाचनमा करिब ५ सय बढि विद्यार्थीले सहभागिता जनाएका थिए । स्थानिय तहको निर्वाचन शैलीमा गरिएको बिद्यार्थी बिचकाे मतदानको अन्तिम नतिजा अनुसार छात्र तर्फबाट क्याप्टेनमा ईभेन अधिकारी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी निश्चल डागी थिए । त्यस्तै, छात्रा तर्फबाट क्याप्टेनमा स्रीया तामाङ विजयी भईन भने उनकी निकट प्रतिद्वन्द्वी दिलसा तिम्सिना थिईन्।

यसैगरी, छात्र छात्राहरुको तर्फबाट उप – क्याप्टेन पदमा क्रमशः सिद्धार्थ निरौला र अलिसा राई निर्वाचित भएका छन्। उनीहरू दुवैका निकट प्रतिस्पर्धी समीर ढुगेंल र प्रसुन्ना तिम्सिना रहेकाे अतिरिक्त क्रियाकलाप इञ्चार्ज सनम गजमेरले बताउनुभयो । उहाँको अनुसार नवनिर्वाचित पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच आइतबार बिहान विद्यार्थी भेलामा फुल, माला, अबीर सहित दोसल्ला ओढाएर सम्मान गरिने भएको छ। बिद्यालयको वातावरणलाई बिद्यार्थी मैत्री बनाउन, नेतृत्वको बिकास गर्न , पढाइसंगै अतिरिक्त कृयाकलापमा अब्बल दर्जाको नागरिक उत्पादन गर्न र बिद्यार्थीको चौतर्फी बिकास गर्नका लागि यस किसिमको कार्यक्रम गरिएको विद्यालयले उल्लेख गरेकाे छ।

गाेप्य मतदानका लागि चुनाव प्रचारप्रसार लगायत विविध गतिविधि गरि नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराईएको हो । उक्त विद्यालयमा प्लेग्रूप देखि कक्षा १२ सम्म पठनपाठन हुदै आएको छ भने ऋतम्भरा कलेज समेत संचालन गरीरहेको यस विद्यालयमा कोशी प्रदेश लगायतका विभिन्न जिल्लासहित १६ सय २५ विद्यार्थी अध्यायनरत छन्। अन्तराष्ट्रिय स्तरको ब्रिटिश काउन्सिल अवार्ड प्राप्त गरी सकेको यस विद्यालयले पूर्वी मोरङ्ग क्षेत्रमा अब्बल नतिजा निकाल्दै शैक्षिक गुणस्तर सुधार गर्दै ‘शैक्षिक हब ‘ को रूपमा स्थापित गर्न सफल भएकोमा गर्व लागेको विद्यालयका प्रिन्सिपल टिएन तिम्सिनाले बताउनुभएको छ ।

सम्बन्धित खवर