ज्योति विकास बैकले गल्ती स्वकादै सेवाग्राहिको क्षतिपुर्ति दिने भयो - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

ज्योति विकास बैकले गल्ती स्वकादै सेवाग्राहिको क्षतिपुर्ति दिने भयो

साइनाे समाचारदाता/पथरी, ५ जेष्ठ
एक हप्ता पछि ज्योति विकास बैंकले घुडा टेकेको छ । बैंकले आग्लागी पिडितलाई क्षति पुर्ति दिने भए पछि आन्दोलन रोकिएको छ । आज ५ गते पथरी उद्योग बाणिज्य संघको कार्यलयमा बसेको छलफलबाट बैकले क्षति पुर्ति तिर्ने भएको हो ।


एक हप्ता देखि सहमती प्रयास जारि रहे पनि सफल हुन सकेको थिएन । पथरी उद्योग बाण्ज्यि संघका पुर्व अध्यक्ष दिपक बस्नेतको पहलमा बैकका केन्द्रीय प्रतिनिधी, ब्यापारी, ब्यापार संघ र प्रहरी विच बसेको छलफलले पिडित ब्यावसायीलाई उचित क्षतिपुर्ती तिर्ने भएको छ । बैकले ऋणीबाट उठाउदै आएको विभिन्न सेवा सुविधाबाट भरत भण्डारीलाई क्षतिपुर्ति दिने भए पछि आन्दोलन रोकिएको हो ।


बँैकबाट पथरी शनिश्चरे १ का भरत भण्डारी ठगिएका थिए । उनले ७७ बैशाखमा पसल धितो राखि १० लाख महिला उद्यमी कर्जा लिएका थिए । नेपाल राष्ट्र बैङ्कको निति अनुसार भण्डारीको श्रीमतीले ५ बर्षमा चुक्ता गर्नेगरी ऋण लिएका थिईन । उद्योगनै जलेर नष्ट भएपछि विमा भुत्तानी दावि गर्न गएका भण्डारीले बैकबाट अपहेलित भएका थिए । बैकले विमा नविकरण नगरेको थाहाँ पाए पछि ब्यापारीले ६ दिन देखि बैंकमा आन्दोलन गरेका थिए ।

भण्डारीको उद्योगमा २०८० बैशाख ३० गते आग्लागी भएको थियो । भण्डारीले ज्योति विकास बैकबाट उनकी श्रीमति सुनिता दहाल भण्डारीको नाममा ऋण लिएका थिए । ज्योति विकास बैँक पथरी शाखाका कर्मचारीको लापरवाहिका कारण समस्या आएको कोसि प्रदेश प्रमुख राजेस सुवेदीले बताए । कर्मचारीले घटना र समस्या जे हो त्यो जानकारी नगराएको सुवेदीको भनाई छ ।

बैकको सुरक्षाको लागी ऋणीको उद्योगको विमा गराएको बैंकले विमा नविकरण नगरे पछि समस्या उत्पन्न भएको थियो । बैंकको निर्देशनमा भण्डारीले उद्योग र श्रीमतीको लोन ट्रम विमा गराएका थिए । नियमित कर्जा तिर्दै आएका भण्डारीको ज्योति विकास बैकले उद्योगको मात्र होईन व्यक्तिको समेत जबर्रजस्ती विमा गराएको थियो ।

उद्योग जलेर नष्ट भए पछि विमा भुत्तानी दाबी गर्न बैंक जादा भण्डारी छागाबाट खसे । बंैकले उद्योगको विमा नविकरण नगरिदिएका कारण भण्डारीले विमा भुत्तानी नपाउने भएका थिए । जुन पसलको नाममा कर्जा खाएको उत्त पसलनै नरहे पछि कसरी ऋण तिर्ने भनेर भण्डारी समस्यामा परेका थिए । बैंकले गल्ती गरेको भन्दै ब्यापारीले घेरे पछि बैकका शाखा प्रमुखले भने राजिनामा दिएका छन । आइतबार विहानै देखि ज्योति बैंक घेरेका ब्यापारीले बुधबार बैंकमा ताला लगाउ खोजेका थिए ।

पटक पटक छलफल भए पनि निश्कर्षमा नपुगे पछि ब्यापारीले ४ गते बैंकका कोसि प्रदेश प्रमुख राजेस सुवेदी रोसन थापा सहित ४ जना कर्मचारीलाई उद्योग वाणिाज्य संघको कार्यलयमा ब्यापारीहरुले थुनेका थिए । नियमित कर्जा तिर्दै आएका भण्डारीले ४ लाख ९० हजार क्षति दावि गरेका छन । बैकले आफ्नो गल्ती स्वकार्दै कुनै सेवा शुल्कबाट क्षतिपुर्ति दिने भए पछि समस्या समाधान भएको छ ।

सम्बन्धित खवर