ज्योति विकास बैंकका कोसि प्रदेश प्रमुख राजेस सुवेदी सहित ४ जना लाई ५ घण्टा थुने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

ज्योति विकास बैंकका कोसि प्रदेश प्रमुख राजेस सुवेदी सहित ४ जना लाई ५ घण्टा थुने

साइनाे समाचारदाता/पथरी, ३ जेष्ठ,
मोरङको पथरी शनिश्चरेमा रहेको ज्योति विकास बैंकले व्यपारीको विमामा अनियमितता गरेको कुरा सार्वजनिक भएपछि ज्योति बिकास बैकमा ३ दिन देखि ब्यापारीले आन्दोलन गरेका छन । सहमति गर्न आएका बैंकका कोसि प्रदेश प्रमुख राजेस सुवेदी रोसन थापा सहित ४ जना कर्मचारीलाई उद्योग वाणिाज्य संघको कार्यलयमा ब्यापारीहरुले थुनेका छन ।

चेकमा सहि, मिति, वा कुनै अक्षर र अंक नमिल्दा दुख दिन पल्केको ज्योति विकास बैंकले ब्यापारीलाई माछा माछा भ्यागुतो बनाए पछि ब्यापारीले पानि पानि बनाएका थिए । बैंकले इन्स्योरेन्सकाे नाममा सेवाग्राहीलाइृ ठग्ने गरेकाे पाए पिछि पानि पानि बनाएका हुन। बैंकले इन्स्योरेन्सकाे पैसा लिने तर नविकरण नगरेका कारण समस्या उत्पन्न भएकाे हाे ।   बैकका कर्मचारी र इन्स्योरेन्स कम्पनीको मिलेमहत्वमा ब्यापारी ठगेको भन्दै बैकमा ३ दिन देखि नारावाजी गर्दै आएका छन ।

बैंकबाट पथरी शनिश्चरे १ का भरत भण्डारी ठगिएका थिए । भण्डारीले ज्योति विकास बैकबाट उनकी श्रीमति सुनिता दहाल भण्डारीको नाममा ऋण लिएका थिए । उनले २०७७ चैत्रमा पसल धितोराखि १० लाख महिला उद्यमी कर्जा लिएका थिए । नेपाल राष्ट्र बैङ्कको निति अनुसार भण्डारीकी श्रीमतीले ५ बर्षे ऋण महिला उद्यमी कर्जा लिएकी थिईन ।

पथरी शनिश्चरे १ मा पथरी गृल वर्कसपका संचालन गर्दै आएका भण्डारीले बैँकमा उद्योग धितो राखेका थिए । उद्योगनै जलेर नष्ट भएपछि उनी यतिबेला पिडामा छन् । भण्डारीको उद्योगमा २०८० बैशाख ३० गते आग्लागी भएको थियो । बैकले आफ्नो सुरक्षाको लागी ऋणीको उद्योगको विमा गराएको हुन्छ । बैङ्कै निर्देशनमा भण्डारीले उद्योग र श्रीमतीको लोन ट्रम विमा गराएका थिए ।

नियमित कर्जा तिर्दै आएका भण्डारीको बैंकले समयमै विमा नविकरण नगरेका कारण उनी थप पिडामा परेका छन् । विमा वापतको रकम बैकले ऋणीलाई किस्तामा असुल्ने गर्दछ । उक्त ऋण लिदा बैकले सुरक्षाको लागी उद्योगको विमा गराउने गर्दछ । तर ज्योति विकास बैकले उद्योगको मात्र होईन व्यक्तिको समेत जबर्रजस्ती विमा गराएको छ ।

विमा गराएका भण्डारीले घटना पछि विमा भुक्तानी दावि गर्न जाँदा छाँगा बाट खसे नियमित किस्ता लिदै आएको बैकले न त उद्योगकै विमा नविकरण गरेको छ न व्यक्तिको । भण्डारीको ऋणमा बैकले बार्षिक ७ हजार माथी विमा रकम उठाउँदै आएको थियो । पसल जलेर नष्ट भएका भण्डारीलाई बैकका कर्मचारीले विमा दावि गर्न पाउनुहुन्न,तपाईकी श्रीमती मरीन ? नमरी दावि गर्न पाँईदैन,विमा बैकले होईन आफै गर्नुपर्छ भनेपछि भण्डारी न्यायका लागी व्यपार संघ र व्यापारी सँग हारगुहार मागेका थिए ।

मंगलबार विहानै देखि ज्योति बैंक घेरेका ब्यापारीले विहिबार साझ ५ बजे सम्म धर्ना दिदै आएका छन । बैंक घेरेका ब्यापारीलाई बैकले मंगलबार, बुधबार विहिबार सम्म झुलाएको छ । समस्या समाधान नभए बैंकमा ताला लगाउने र कर्मचारीलाई कालो मोसो दल्ने दुर्गा प्रसाई अभियानका पथरी अभियन्ताहरु आए पछि बैंकले विहिबार सम्मको समय मागेको थियो ।

ब्यापारीले बैक घेरे पछि बैकका शाखा प्रमुख कमल बहादुर पौडेलले भने राजिनामा दिएका छन । शाखा प्रमुखले बैंकले गल्ती गरेको भन्दै माफी मागेको पिडित भण्डारीले बताए । ज्योति विकास बैँक पथरी शाखाका कर्मचारीको लापरवाहिका कारण समस्या आएको कोसि प्रदेश प्रमुख राजेस सुवेदीले बताए । कर्मचारीले घटना र समस्या जे हो त्यो जानकारी नगराएको सुवेदीको भनाई छ ।

सहमतिको प्रयास गरेपनी बैकले ५ दिनदेखी एउटा आगलागी पिडीत उद्योगीलाई थप पिडा दिएको भन्दै व्यापारीले ५ घण्टा भन्दा बढी घेरेका थिए । पथरी उद्योगा वाणीज्य संघ ईलाका प्रहरी कार्यालय पथरी, पिडीत भण्डारी र स्थानिय व्यापारीहरु विचको ५ घण्टा लामो छलफल पछि भोली शुक्रवार बैकका केन्द्रिय प्रतिनिधिको रोहबरमा समस्या समाधान गर्ने सहमती भएको छ ।

सम्बन्धित खवर