सेवाग्राहीलाई ठग्दै ज्योति विकास बैंक - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

सेवाग्राहीलाई ठग्दै ज्योति विकास बैंक

साइनाे समाचारदाता/ पथरी, २ बैशाख
इन्स्योरेन्सको नाममा ज्योति विकास बैकले सेवाग्राहीलाई ठग्दै आएको रहस्य खुलेको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको ज्योति विकास बैकले इन्स्योरेन्सको नाममा सेवाग्राहिलाई ठगेको भेटिएको हो । बैंकले ठगेको भन्दै पथरीका साना ठुला ब्यावसायी सहित पथरी उद्योग बाणिज्य संघले बैंक घेराउ गरेको छ । बैंकले ऋणीको उद्योगको विमा नविकरण नगरिदिएको भन्दै २ गते मंगलबार बैकमा नारावाजी गरेका छन । बैकका कर्मचारी र इन्स्योरेन्स कम्पनीको मिलेमहत्वमा ब्यापारी ठगेको भन्दै बैकमा नारावाजी गरेका हुन ।


सेवाग्राहीलाई ठगेको भन्दै बैंकमा ताला लगाउन पुगेका ब्यापारीलाई बैंकका कर्मचारीले गल्ती भएको स्वकार्दै क्षतिपुर्ती उपलब्ध गराउने आश्वसन दिएका छन । बैंकले गल्ती गरेको भन्दै ब्यापारीले घेरे पछि बैकका शाखा प्रमुखले भने राजिनामा दिएका छन । मंगलबार विहानै देखि ज्याेति बैंक घेरेका ब्यापारीले साझ ५ बजे बुधबार सम्मको समय दिएका छन । बुधबार समस्या समाधान नभए बैंकमा ताला लगाउने र कर्मचारीलाई कालो मोसो दल्ने दुर्गा प्रसाई अभियानका पथरी अभियन्ताहरुले बताएका छन ।


ज्योति विकास बैकबाट पथरी शनिश्चरे १ का भरत भण्डारी ठगिएका छन । भण्डारीले ज्योति विकास बैकबाट श्रीमति सुनिता भण्डारीको नाममा ऋण लिएका थिए । पथरी गृल वर्क शपका संचालन गर्दै आएका भण्डारीले विना धितो महिला उद्यमी कर्जा मार्फत ऋण लिएका थिए । भण्डारीको उद्योगमा २०८० बैशाख ३० गते आग्लागी भएको थियो । कर्जा लिदा इन्स्योरेन्स गरेका भण्डारीले नियमित कर्जा तिर्दै आएका थिए ।
उद्योग जलेर नष्ट भए पछि विमा भुत्तानी दाबी गर्न बैंक जादा भण्डारी छागाबाट खसे । बंैकले उद्योगको विमा नविकरण नगरिदिएका कारण भण्डारीले विमा भुत्तानी नपाउने भएका छन । जुन पसलको नाममा कर्जा खाएको उत्त पसलनै नरहे पछि कसरी ऋण तिर्ने भनेर भण्डारी समस्यामा परेका छन ।


बैंकले कर्जा सुनिश्चीतका लागि उद्योग र सेवाग्राहीको विमा अनिवार्य गराउने गरेको छ । ज्योति विकास बैकले जवरजस्ती उद्योग मात्र हैन सेवाग्राहीको समेत लोन ट्रम विमा गराउने गरेको छ । जुन सेवाग्राहीलाई गराएको विमा ऋणको समय अवधिमात्र रहन्छ । समय सकिए पछि उत्त विमा स्वत रद्ध हुने गर्दछ । जुन विमा गर्न आवश्यक छैन ।
लकडाउन देखि त्रसित बनेका ब्यावसायीले त्यसै पनि कर्जा तिर्न गाह्रो छ । त्यसमा पनि पसलको विमा गराएर ऋण खाएका भण्डारीको उद्योगमा आग्लागी भए पछि उनको विल्लीबाठ हुने अवस्था भएको छ ।

 

सम्बन्धित खवर