सरोज निरौला / पथरी, १ जेष्ठ – पछिल्लो समय नेपालमा मौलाएको भ्रष्टचारको अन्त्यको माग गर्दै मोरङको लेटाङ नगरपालिकामा भ्रष्टचारी विरुद्ध विरोध प्रदर्शन निस्कीएको छ । लेटाङको विपी चोकमा नागरिक अभियान्ताले नागरीक बेच्न पाईदैन “यस्ता नेता चाहिदैन” नारा लाउदै विरोध प्रदर्शन गरेका छन् । विद्यमान समयमा भ्रष्टचारमा संलग्नलाई जो कोहिलाई कार्वाहीको माग गर्दैै सडकमा शान्त्ति पुर्ण विरोध निस्कीएको हो ।
लेटाङको विपि चोकमा विभिन्न स्थानबाट भेलाभएका अभियान्ताहरुले “जुनै पाटीको जुनै लिङ्ग भएपनि भ्रष्टचारी देशका बोझ हुन” मान्छे बेच्न पाईदैन, “यस्तो नेता हामिलाई चाहिँदैन”,भ्रष्टचारीलाई कार्वाही गर जस्ता नारा लेखेको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले सरकारमा एक पछि अर्को भ्रष्टचारको झुण्ड बढेदै गएकाले उक्त झुण्डलाई टुँडिखेलमा लगरे झुण्ड्याउन आवश्यक रहेको धारणा राखेका थिए ।
भष्ट्रचारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले चालेको कदमको प्रसंसा गर्दै प्रहरीको पक्षमा जनता उभिने नागरिक अभियानका अभियान्ता देवराज चाम्लिङले बताउनु भयो । सरकार र प्रहरीलाई जुन सुकै ओहोदाको र नेता र कर्मचारी भए पनि खुट्टा नकमाई कार्वाही प्रकृयामा अघाडी बढ्न नागरिक अभियानकी नेत्री शान्ति पाख्रिङले बताउनु भयो । यदि सरकारले भष्ट्रचारीको संरक्षणमा लागे सडक आन्दोलन गर्ने नेत्री पाख्रिङको भनाई छ ।
विरोध कार्यक्रममा आफ्नो भनाई राख्दै नागरीक आन्दोलनका अभियान्ता देवराज चाम्लीङ,शान्ति पाख्रीन, उर्गेन तामाङ लगायतले निर्दोसलाई हतकडी लगाउन पछि नपर्ने सरकारले भ्रष्टचारीलाई खुल्मखुल्ला हिड्न दिएको, जनतालाई मात्रै कानुन लाद्ने काम गरेको भन्दै कानुन सबैलाई बराबर नभए कडा प्रतिरोधमा उत्रन आफुहरु तयार रहेको बताएका थिए ।