प्रवासमा रहेका गेहेन्द्र पोखरेलद्वारा विद्यालयलाइ महत्त्वपूर्ण सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

प्रवासमा रहेका गेहेन्द्र पोखरेलद्वारा विद्यालयलाइ महत्त्वपूर्ण सहयोग

मणिराम दाहाल 

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा ७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयका पूर्व विद्यार्थी गेहेन्द्र पोखरेलले आफ्नो जन्मउत्सवको अवसर पारेर आफु पढेको विद्यालयलाइ ५० हजार मूल्य बराबरको आवश्यक फर्निचर समाग्री उपलब्ध गराएर सहयोग गरेका छन् ।

आइतवार श्री पञ्चायत माविमा पाथीभरा स्वतन्त्र महिला समाजद्वारा आयोजित एक कार्यक्रमका बिच प्रवास अमेरिकामा रहेका युवा समाजसेवी पोखरेलको आर्थिक लगानीमा समाग्री उपलब्ध भएको हो । गेहेन्द्रद्वारा विद्यालयका लागि अति आवश्यक सम्झेर १२ थान छात्रछात्रा वस्ने डेक्सबेन्च तथा उत्त स्कुलको अपिसका लागि महिला समाजले एक थान स्टिल दराज ११ हजारमा खरिद गरि विद्यालयलाइ हस्तान्तरण गरिएको पाथिभरा महिला समाजकी अध्यक्ष सुनिता पोखरेल ढकालले बताइन् ।

विद्यालयका प्र।अ खगेन्द्र रायामाझी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्ठकुमार श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक विद्यालयको स्तर उन्नतिको लागि समाजका जिम्मेवार व्यक्तिले चासो राखेर अघि बढ्न जरूरी हरेको तथा विद्यालयको अवस्था दयनीय भएकोले सहयोगको खाँचो परेको लगायतका विषयमा धारणा राखेका थिए। कार्यक्रम पाथिभरा महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलालको स्वागत मन्तव्य तथा योजना शर्मा ढकालको सञ्चालनमा भएको थियो ।

विगत ६० बर्ष अघि स्थापना भएको यस क्षेत्रको एतिहासिक तथा पुरानो सरकारी विद्यालय पञ्चायत माविमा हाल नेपाली र अंग्रेजी माध्यमको पढाइ हुने गरेको छ। हाल ८ सय ५० विद्यार्थी अध्यानरत रहेको यस विद्यालयमा स्थानीय विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको साथै सहयोगि दाताले चासो राखेको स्थानीयहरूको भनाइ रहेको छ ।

सम्बन्धित खवर