राष्ट्रिय स्वतन्त्र पार्टी पथरीको १० वटै वडामा सम्पर्क समिति विस्तार - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी पथरीको १० वटै वडामा सम्पर्क समिति विस्तार

पथरी बैशाख ३० – राष्ट्रिय स्वतन्त्र पार्टी पथरी शनिश्चरे नगरपालिकाले १० वटै वडामा सम्पर्क समिति विस्तार गरेको छ ।

आज पथरी शनिश्चरे १ स्थित नर्वदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको अयोजना गरी सम्पर्क समिति विस्तार गरिएको हो । प्रत्येक वडामा ५ जना सदस्य चयन गरीएको र चयन भएका सदस्यले आफ्नो वडामा सदस्यता बढाउदै लानेछन् ।

कार्यक्रममा कोसि प्रदेश कमिटी सदस्य हरुले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धहुन चाहनेहरुलाई पार्टीको विधान,आचासंहिता,र भावि योजनाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा करीब २ सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर