साइनो समाचारदातार/ पथरी, बैशाख २९, राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) ले रास्वपा तदर्थ पथरी शनिश्चरे नगर कमिटि र वडा कमिटि गठन गर्ने भएको छ । बैशाख २५ गते प्रदेश सदस्य तथा मोरङ जिल्ला ईन्चार्ज यादव प्रधान सहितको भेटघाट कार्यक्रमको निर्णय अनुसार तदर्थ कमिटि गठन गर्ने भएको हो ।
बैशाख ३० गते शनिवारका दिन २ बजे पथरी शनिश्चरे १ को शिवालय मन्दिरमा भेला भैई तदर्थ कमिटि गठन गर्न लागको संयोजक ईश्वर सापकोटाले बताउनु भयो । सापकोटाले भोलि शनिवार हुने कमिट गठनमा स्वापामा आस्था राख्ने सम्पुर्ण पथरी शनिश्चरे नगरपालिका बासीमा उपस्थितिका लागि आवहान गर्नु भएको छ ।