तीन वर्षभित्र विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

तीन वर्षभित्र विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो तीन वर्षभित्र विराटनगरको बैजनाथपुर खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने उद्घोष गरेका छन् ।

बुधबार राति नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८०र८१ देखि तीन वर्षभित्रमा बैजनाथपुर खेलमैदानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने बताएका हुन् ।

क्रिकेटका लागि विराटनगर उर्वरभूमि रहँदै आएको बताएका मुख्ममन्त्री कार्कीले नीजि क्षेत्रको साथ सहयोगसँगै प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारको समन्वयमा क्रिकेट मैदान निर्माण गरिसक्ने बताए ।

सम्बन्धित खवर