लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन्।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे।

उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए। उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरू हुनै नसक्ने दाबी गरे।उनले नेकपा ९माओवादी केन्द्र० को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए। उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए।

सम्बन्धित खवर