प्रतिशोधले बनेका सफल निर्देशक जीवन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, साउन ०८, २०८१

प्रतिशोधले बनेका सफल निर्देशक जीवन

           

‘मलाई किताब पढ्नबाहेक अन्य कार्यक्रमहरूमा सहभागी हुने स्वतन्त्रता दिएन । नपढ्ने हो भने पूरै भविष्य बर्बाद हुन्छ भनेर किताबी पढाइमा मात्र सीमित राख्न खोजेपछि म घरबाट हिँडेँ । त्यसपछिको सङ्घर्षले नै मलाई यस्तो नाट्यकर्मी एवम् कला निर्देशक बनायो ।’ यो भनाइ हो शब्द थिएटरका कला निर्देशक जीवन बरालको ।

          केशव निरौला

‘इख नभएको मानिस र बिख नभएको सर्पको काम हुँदैन’ भनेझैँ बाल्यकालमा केही पारिवारिक सदस्य र समाजबाट उत्पन्न प्रतिशोधले नै आज जीवन बरालको राष्ट्रिय पहिचान सम्भव भएको पाइन्छ । आफ्नै रुचि र चाहनाअनुसारको अध्ययनले जीवनको ‘सफल जीवन’ चुलिएको छ । २०३८ सालमा पिता लोकनाथ बराल र माता राधादेवी बरालको कनिष्ठ पुत्रको रूपमा जन्मिएका जीवन बरालले १४ बर्षको उमेरमा ठुलो सङ्घर्ष गरेर स्टेज टेके । तत्कालीन प्रगतिशील साहित्यिक मञ्चले साप्ताहिक रूपमा सञ्चालन गर्ने नाटकीय गतिविधि हेर्न जीवन बराल पनि लुकेर जान्थे तर घरमा भने पढ्न छाडेर कहाँ गएको भनी गाली गरिन्थ्यो । लुकेर परै बसेर हेर्दा पनि बरालले रिहल्सनका विभिन्न डाइलग भने कण्ठ गर्न भ्याइहाल्थे । एक दिन नाटक प्रदर्शन गर्ने क्रममा सहभागी साथी बिरामी भएपछि जीवनलाई त्यही अभिनयकोमौका आयो । यही घटना सम्झँदै उनीभन्छन्– ‘मैले लुकेर पनि रिहल्सनको डाइलग कण्ठ गरेको थिएँ । हत्तपत्त तिनै डाइलग सुनाएपछि मेरो मौका आयो । तर, प्राविधिक कुरा चाहिँ थाहा भएन र घरमा आएपछि कुटाइ पनि पाइयो ।’ मौका आउनासाथ स्टेजमा नाटक अभिनय गर्न उक्सिएका जीवनले साथीलाई केही नआएर चुप लागेको बेला आफैँ बोल्ने हुँदा कुटाइ भेटेको तीतो अनुभव बिर्सेका छैनन् ।

‘प्रायश्चित्त’ नामक नाटकमा बालकलाकारका रूपमा खलपात्रको भूमिका निर्वाह गरी औपचारिक नाट्ययात्रा सुरु गरेका जीवन बरालले जब ‘मुना’ र ‘युवा’ जस्ता मासिक पत्रिका पढ्न थाले तब जिन्दगीकै नयाँ गन्तव्य कोरिन थाल्यो । काठमाडौँमा रहेका ‘पम्पकिन थिएटर’, ‘आरोहण गुरुकुल स्कुल अफ थिएटर’ जस्ता थिएटरबारे उनलाई तिनै पत्रिकामार्फत जानकारी मात्र भएन अब जसरी पनि त्यहीँ पुग्छु भन्ने चाहना पनि बढ्यो । यसैले उनी कक्षा ८ को परीक्षा दिएरकाठमाडौँ हिँडे । घरबाट १ हजार ५ सय रुपैयाँ झिकेर काठमाडौँ हिँडेका उनी दाजु शैलेन्द्र बराल र केदार दाहालको कोठामा पुग्छन् । त्यही क्षणलाई सम्झँदै बराल भन्छन्– ‘मलाई त्यतिबेला दुबैजना दाइले काठमाडौँका विभिन्न मन्दिर र अन्य ठाउँहरू डुलाउनु भयो तर कहिल्यै पनि थिएटर पु¥याउनु भएन । बरु पढाइ बिग्रन्छ भनेर १० दिनमा घर फर्कादिनुभयो ।’ परिवारले कलाकारितामा भविष्य नदेखी छुटाउन चाहे पनि जीवन पढाइभन्दा नाटकको अभिनयमै बढी समय दिन्थे । पढाइलाई कम र नाट्यक्षेत्रमा बढी चासो दिँदै जब उनले एसएलसी पास गरे तब उनलाई दुलारीको साजीलाल माविमा कक्षा ११ पढ्न पठाइन्छ । त्यतिबेला साजीलाल माविमा पनि पढाइका अतिरिक्त कुनै सिर्जनात्मक कार्यक्रम नहुने गरेकालेउनले विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यान दिई आफ्ना गतिविधि अगाडि बढाइरहे । सोही समयदेखिको निरन्तर कला साधना एवम् नाट्य अभ्यासले नै आज उनलाई सफल निर्देशक बनायो ।

बरालले दुई वर्षसम्म स्थानीय लालीगुराँस सामुदायिक विकास केन्द्रको भातृसंस्था बौद्धिक तथा खेलकुद समितिमा रहेर काम गर्दा दमक, विर्तामोड तथा काँकडभिट्टासम्म पुगेर नाटक प्रदर्शन गरे । जीवनको समूहले त्यतिबेला नै सडक नाटक र स्टेज नाटकको विधामिश्रण गरेको पाइन्छजसलाई अहिले‘खुला रङ्गमञ्च’ भनिन्छ । उनले श्रीअन्तु पिक्चर प्रालिले सञ्चालन गरेको नियमित कक्षामा सहभागी हुँदै सहप्रशिक्षकको समेत भूमिका निर्वाह गरेपछि २०६४ सालमा आरोहण राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन काठमाडौँ पुगे । अब भने उनको गन्तव्य थिएटरसँग गहिरो नाता जोडियो । पछि घिमिरे युवराज र गोपाल अर्यालले पूर्वको दरिलो नाट्यकर्मी भनेर जीवनलाई शिल्पी थिएटरमा छनोट गरी लगे । उनले काठमाडौँ बसाइमा नाटकसँगै कविता, चित्रकला, मूर्तिकला र साहित्यका अन्य थुप्रै पुस्तकहरू पढेर ज्ञानको दायरा बढाउन थाले । सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर)बाट छ महिनाको प्रशिक्षण लिएपछि जीवनलाई दिल्लीमा भएको इन्टरनेसनल फेस्टिबलमा सहभागी हुने मौका पनि मिल्यो । योसँगै विभिन्न कार्यशाला र गोष्ठीहरूमा सहभागी हुँदै रेडियो नेपाल र एन्टिना फाउन्डेसनमा पनि जीवनले सफलतापूर्वक कलाकर्म गरिरहे ।
कोरोना कालमा काठमाडौँबाट पथरी फर्केका जीवन बरालले शब्द थिएटरको कला निर्देशक बनेर आफ्ना गतिविधिहरू निरन्तर अगाडि बढाइरहे । उनकै पहलमा पछिल्लो पटक ‘अनलाइन नाटक महोत्सव’ (२०७७) र ‘अनि देउराली रुन्छ’ (२०७८) स्टेज नाटककोमञ्चन भएको छ । उनले ‘प्रेमगीत–३’, ‘घामट सेरे’ जस्ता नेपाली चलचित्रमा समेत कुशल अभिनय गरिसकेका छन् । यसरी चलचित्रसँगै दर्जनबढी स्टेज नाटकको निर्देशन गरिसकेका बराल पछिल्लो समय भने स्थानीय स्तरबाटै कलासाहित्यको प्रवर्धन गर्न जुटिरहेका छन् ।
यही मेसोमा उनी पछिल्लो पटक मोरङका विभिन्न पाँचओटा विद्यालयमा नाटक र साहित्यसम्बन्धी नियमित प्रशिक्षण दिइरहेका छन् । विद्यार्थीको रुचि र चाहनाअनुसार विद्यार्थीको सर्वाङ्गीण विकासमा उनको प्रशिक्षण केन्द्रित छ । साहित्यको दृश्यविधा मानिने नाटकलाई पढाउनुपर्ने बाध्यता हटाई जीवन्त प्रस्तुतिका अभिनय गराउन सक्ने गरी जीवन बरालले कुशलतापूर्वक प्रशिक्षण दिइरहेको बुझाइ छ– स्थानीय रेडस्टार आवासीय माविका निर्देशक टि.एन. तिम्सिनाको ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् चित्रकार सरोजा खड्गीले कला निर्देशक बरालले स्थानीय स्तरबाटै नाट्यविधाको श्रीवृद्धिमा गरेको कार्यलाई खुलेर प्रशंसा गर्दै भनिन्– ‘ग्रामीण क्षेत्रबाटै नाटकको महत्त्व पहिचान गराउनुपर्छ भनेर जीवन बराल काठमाडौँबाट पथरी आउनु भनेको अत्यन्त गौरवको कुरा हो । उहाँको आगमन र क्रियाशीलताले यस क्षेत्रको नाटकमात्र नभई समग्र कलासाहित्यमै नयाँ तरङ्ग र ऊर्जा थपिएको छ ।’
त्यसो त विद्यार्थीको सर्वाङ्गीण विकासमा अहम् भूमिका निर्वाह हुने गरी बरालकै अवधारणामा यही वैशाख २४ गतेदेखि कला साहित्य प्रवर्धन समिति पथरीशनिश्चरे (मोरङ)ले सप्ताहव्यापी बाल साहित्य महोत्सव गर्दैछ । महोत्सवमा बालकेन्द्रित चित्रकला, मूर्तिकला, साहित्यलेखन, हस्तलेखन, वाक्कला, नियमित नाटक मञ्चन, पुस्तक प्रदर्शनी, नृत्य कार्यशाला, गायन कार्यशाला, विज्ञान प्रदर्शनीलगायतका कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिएका छन् ।
अतः किताबी ज्ञानलाई मात्र सर्वोपरि ठानेर विद्यार्थीको रुचि र चाहनाअनुसार अन्य आवश्यकीय खुराक पस्कन नसक्ने सनातनी मानसिकतामा कला निर्देशक जीवन बरालको सङ्घर्षपूर्ण यात्राले नयाँ चेतनाजागृत गराउने विश्वास लिइन्छ ।

सम्बन्धित खवर