कानेपोखरी गाउँपालिकामा ताला, वडाध्यक्षले दिए राजिनामा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

कानेपोखरी गाउँपालिकामा ताला, वडाध्यक्षले दिए राजिनामा

पथरी, १९ बैशाख – राससकानेपोखरीगाउँपालिकाको कार्यलय भवन सार्ने निर्णयका विरुद्ध जनताले कानेपोखरी गाउँपालिकाकीअध्यक्ष राजमती इङनामको कार्यकक्षमा ताला लगाएका छन ।

ताला लगाउदै नेकपा एमालेबाटनिर्वाचित वडा नं. ६ का वडाध्यक्ष खड्ग बहादुर बस्नेतले राजिनामा समेत दिएको बताए । कानेपोखरीगाउँपालिकाले बैशाख १७ गतेको १३ औं गाउँ सभाबाट दुई तिहाई बहुमतका साथ नगरकोभवन वडा नं. ५ भैसावारी सार्ने निर्णय गरेको थियो । कानेपोखरी वडा नं. ६ वाटकेन्द्र सार्दा समग्र कानेपोखरीवासीको हित नहुने भन्दै युवा संघ पुर्व जिल्ला अध्यक्ष नविनपौडेल लगाय नेकपा एमालेका नेता र कार्यकर्ताले सामुहिक राजिनामा दिएको घोषणगरेका छन ।

एमालेकोबहुमत रहेको गाउँपालिकामा एमाले निकटका नेता र कार्यकर्ताको अगुवाईमा जनताले तालालगाएका हुन । गाउँपालिकाले गलत निर्णय गरेको भन्दै जनताले ताला लगाएका हुन ।पालिकालेसंघीय सरकार गरेको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न काठमाडौं सम्म गएको कारण, सरुवाभै आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिनुको कारण, जग्गा खरिदमा आशंकाभएको र छानविन हुनु पर्ने माग सहित जनताले ताला लगाएका छन ।

गाउँपालिकाको भवन बनाउन वडा नम्वर ५ मा १ विघाक्षेत्रफल जग्गा खरिद गरेको छ । हाल गाउँपालिकाको भवन वडा नं. ६ मा संचालन हुदै आएकोछ । नेकपाएमाले गाउँपालिका अध्यक्ष तथा पालिका प्रबत्ता शुसिल बुढाथोकीले न्यायका र कानेपोखरीबासीकोपहुचका लागि मापदण्ड पुरा गरि गरिएको निर्णयमा आत्मा साथ गर्न अनुरोध गर्दै विज्ञप्तीनिकाल्नु भएको छ ।

सम्बन्धित खवर