सरकार र महावीर पुनबीच ७ बुँदे सहमति - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले आज साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिपत्रमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ ।

यस्तै कोषको व्यवस्थापन तथा सञ्चालन गर्न सङ्घीय संसद्को आउँदो अधिवेशनबाट कानुन निर्माण गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता सञ्चालनलगायतका विषयमा कानुनी सुधार र सहजीकरण गर्ने, आउँदो आर्थिक वर्षदेखि पुँजीगत बजेटको एक प्रतिशत बजेट नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा विनियोजन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

यी विषयमा दुवै पक्ष बसेर फेरि समीक्षा गर्ने र पुन नेतृत्वको सबै आन्दोलन तथा धर्ना कार्यक्रम स्थगित गर्ने लगायतका सात बुँदे सहमति पनि भएको हो ।

सम्बन्धित खवर