बलात्कार गरी अश्लील भिडियो बनाएर पोस्ट गर्ने पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

बलात्कार गरी अश्लील भिडियो बनाएर पोस्ट गर्ने पक्राउ

विराटनगरकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको विराटनगरमा मो रिजवान अन्सारी पक्राउ परेका छन् ।

२०७४ सालदेखि सोही भिडियो देखाउँदै सार्वजनिक गरिदिने धम्की दिँदै अन्सारीले बारम्बार किशोरीमाथि बलात्कार गरेको मोरङ प्रहरीको आरोप छ ।
ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३० बर्सिया अन्सारी व्यापारी समेत हुन् । उनी चस्माको व्यापार गर्छन् ।किशोरीको अश्लील भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेको गरेका थिए । पीडितले किटानी जाहेरी दिएपछि अन्सारी पक्राउ परेका हुन् ।ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र देखाउँदै आएको अनुसन्धानका क्रममा खुलेको दाहालले बताए । ’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
बलात्कारको सिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि बसेको थियो । उक्त गर्भ पतन गराएको पनि खुलेको छ ।
पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

सम्बन्धित खवर