वैशाख २४ देखि ३० गते सम्म बाल साहित्य महोत्सव, प्राज्ञ चित्रकार सरोजा खड्कीलाई सम्मान - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

वैशाख २४ देखि ३० गते सम्म बाल साहित्य महोत्सव, प्राज्ञ चित्रकार सरोजा खड्कीलाई सम्मान

साइनाे समाचारदाता/पथरी, १८ बैशाख
नेपाल ललितकलाका प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसदस्य चित्रकार सरोजा खड्कीलाई कला साहित्य सम्मानद्धारा सम्मानीत गरिने भएको छ । मोरङकोपथरीशनिश्चरे नगरपालिका कला साहित्य प्रबद्र्धन समितिले चित्रकला मार्फत अन्तराष्ट्रीय स्तरसम्म योग्दान पुर्याउदै आउनु भएकी पथरीशनिश्चरेकी चेली सरोजा खड्कीलाई सम्मान गर्नेभएको हो ।

खड्कीलाई २४ गते नगद २५ हजार सहित सम्मानगरिने कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष अमिर राई (धनराज)ले जानकारी दिनुभयो । आजपथरीशनिश्चरे–२ स्थित होटल साल्पामा भएको पत्रकार सम्मोलनमा अयोजकले उत्त कार्यक्रमको बारेमाजानकारी दिएको हो ।

कला साहित्य प्रवद्र्धन समितिले वैशाख २४गतेदेखि ३० गतेसम्म ७ दिने बाल साहित्य महोत्सवको आयोजन गर्ने भएको छ । पथरीशनिश्चरे नगरपालीकाको आर्थीक सहयोगमा हुने कार्यक्रम पथरीशनिश्चरे–१ मा स्थापित पथरीबहुमुखी क्याम्पसको प्राङ्गणमा हुने भएको छ ।

महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला, साहित्य लेखन, मूर्तिकला, हस्त लेखन, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी,खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस खेल लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहने समितिका सचिव सरोज तिम्सीनालेबताउनु भयो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोकोप्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम हुने कार्यक्रममा विभिन्न जातजातीको सास्कृती झल्कने झाकीसहितको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवको अन्तिम दिन कार्यशालामासहभागीहरुका उत्कृष्ट कलाको प्रर्दशनी समेत रहेको रंगकर्मी एवं नाटक कार्यशालाकासंयोजक जीवन बरालले बताउनु भयोे ।

सम्बन्धित खवर