हसन्दह सिँचाई नहरको डि पि आर सम्पन्न - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

हसन्दह सिँचाई नहरको डि पि आर सम्पन्न

१६ बैशाख पथरी खोलाले भत्काएको हसन्दह सिँचाई नहरको डि पि आर सम्पन्न भएको छ ।

४ वर्ष अघि २०७६ सालमा बक्रा खोलामा आएको बाढिले नहर भत्काए संगै सिचाई बन्द भएको थियो । नहर बन्ने भए संगै स्थानीयहरुमा खुसी छाएको छ । बक्रा खोला हसन्दह सिँचाई उपभोक्ता समितिको पहलमा नहरको डि पि आर सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को एकमात्र पैनि २०७६ सालमा बक्रा खोलामा आएको बाढिले भत्काएको थियो ।

८३० दशमलव ४२ हेक्टर क्षेत्रफल खेति योग्य जमिन सिचाइकालाई उर्जा तथा जलस्रोत मन्त्रालय र सिँचाई डिभिजन कार्यालय मोरङको सहयोगमा नहरको डि पि आर सम्पन्न भएको हो । नहर अति जिर्ण भएको र नरहमा ९/१० ओटा शाखा पैनीको डि पि आर सम्पन्न भएको सिँचाई डिभिजन कार्यालय मोरङका इन्जिनियर हिरा शाहाले बताउनु भयो । शाहाले लागत स्टमेटको आधारमा बजेट विनियोजन भइ जेष्ठबाट काम अघि बढ्ने बताउनु भएको छ । चार बर्ष देखि सिचाइ बन्द भएको पथरीशनिश्चरे ५ को हसन्दह सिँचाईको नहरको डि पि आर सम्पन्न भएको छ ।

पथरी शनिश्चरे ३ मा रहेको बक्रा खोलाबाट सुनवर्शी २ सुगाँबजार सम्मको पुग्ने लगभग ९ किलोमिटर नहरमा ९/१० ओटा शाखा पैनि रहेको समितिका सचिव बेदनाथ खतिवडाले जानकारी दिनु भयो । पथरी शनिश्चरे वडा नं. ५ र ६ कृषी योग्य जमिन हो । बक्रा खोलामा आएको बढिका कारण पैनि भत्कीए पछि सिचाईमा अवरुद्ध भएको छ ।

पैनि अवरुद्ध भएका कारण धेरै जमिन बाजो रहेको छ । किसानले सिचाइका लागि आकाशको भर पर्नु पर्ने र बोरिङ साहारामा सिचाई गर्दै आएका छन । नहरबाट पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ का ९० प्रतिशत किसानहरु लाभान्वीत हुने समितिका उपाध्यक्ष ध्रुव थापाले बताउनु भयो । उर्जा तथा जलस्रोत मन्त्रालयको २० लाख लगानीमा सिँचाई डिभिजन कार्यालय मोरङले हसन्दह मुल पैनीको जिर्ण रहेको स्थानमा मर्मत कार्य समेत सुरु गरेको छ ।

बर्षै देखी पैनी समस्याको कारण खेति गर्नबाट बन्चीत कृषकहरु पनि उत्साहित बनेका छन् । आफुले लगाएको बालिबाट सिँचाईको कारण थप प्रतिफल पाउने किषानमा आशा पलाएको छ । निर्माण योजनाले समयमै सफलता पाए पथरी शनिश्चरे ५ र ६ का ८३० दशमलव ४२ हेक्टर क्षेत्रफलका कृषक लाभान्वीत हुने छन ।

सम्बन्धित खवर