सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता

साइनाे समाचारदाता/पथरी, १६ बैशाख, 
मोरङको क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य डा.सुनिल कुमार शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुट्नु भएको छ । चुनावी बाचा अनुसार पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउँन सफल सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेको बताउनु भयो ।

सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँन मोरङका धेरै पालिकाहरुमा जग्गा नापजाँचको काम भइरहेको छ । मोरङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य शुनिल कुमार शर्माले सुकुम्बासी समस्या समाधान गर्न आफु लागि परेको बताउनु भएको छ । कानेपोखरी–६ स्थित बिहिबारेमा सुकुम्वासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचको स्थलगत अनुगमन गर्दै उत्त कुरा बताउनु भएको हो । कानेपोखरी–६ मा राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेटी शर्माले त्यहाँको अवस्थाको वारेमा जानकारी लिनु भएको छ । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर अव्यवस्थित र सुकुम्वासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउँन आफु लागि परेको उहाँले बताउनु भए । स्थानीय नगरवासी र जनप्रतिनिधिलाई उत्त कार्यमा कर्मचारीलाई जति सक्दो धेरै सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि आफुले घचघचाउने काम गरिरहेको बताउनु भयो । सांसद शर्माले भन्नु भयो ‘यो क्षेत्रमा हजारौं परिवार सुकुम्वासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा तपाईहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बाचा गरेको थिए,’ ‘सुकुम्वासीलाई प्रकृया पु¥याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’

चुनावी अभियानका क्रममा शर्माले पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको थियो । निरन्तरको पहल पछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउँन सफल हुनु भएको सांसद शर्मा अहिले सुकुम्वासी समस्या समाधानमा केन्द्रित हुनु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहनु भएको छ ।

मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकामा ठुलो संख्या सुकुम्वासी रहेका छन । सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया अघि थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । कानेपोखरी गाउँपालिकाले जग्गा नापजाँचमा समन्वय र सहजिकरणका गर्नका लागि वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जाको निस्सा वितरण गरिसकिएको बताउनु भयो ।

सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलनको आधारमा पाँच कट्ठा सम्म जग्गा उपलब्ध गराउँने र अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा उपलब्ध गराउने निति अघि सारेको छ ।

सम्बन्धित खवर