लेटाङका नेपालले शरिरमा लगाए आगो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, साउन ०८, २०८१

लेटाङका नेपालले शरिरमा लगाए आगो

विराटनगर । मोरङको लेटाङका एक वृद्धले विराटनगरमा बिहीबार आत्मदाह प्रयास गरेका छन् । शरीरमा पेट्रोल छर्किएर आफैं आगो लगाएका उनको अवस्था सिकिस्त छ ।आगोले वृद्धको शरीरका धेरैजसो भाग जलेको छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

मोरङको लेटाङ नगरपालिका ७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले आत्मदाह प्रयास गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ग्यालेनमा पेट्रोल लिएर आएका नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगे। शरीरमा छर्किएका थिए । त्यसपछि आफैंलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

उनले शरीरमा आगो लगाएलगत्तै स्थानीय बासिन्दाले प्रहरीमालेटाङका नेपालले शरिरमा लगाए आगो खबर गरेका थिए । उनीहरुले ती वृद्धको शरीरमा पानी खन्याएर आगो निभाउने प्रयास पनि गरेका थिए ।प्रहरी टोली पुगेर हेर्दा उनको झोलामा रहेको नागरिकताका आधारमा उनको पहिचान खुलेको थियो ।स्थानीयले उनलाई उपचारका लागि नोबेल अस्पताल लगेका थिए । त्यसपछि थप उपचारका लागि रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ ।

डीएसपी दाहालका अनुसार वृद्धबारे विस्तृतमा केही खुलेको छैन । घटनाबारे अनुसन्धान सुरु गरिसकेको उनले बताए ।प्रारम्भिक अनुसन्धानका क्रममा वृद्ध नेपालको नातामा बहिनी पर्नेसँग लेनदेनको विवाद थियो ।आफूले सापटी दिएको रकम लिन उनी धेरैपटक विराटनगर आउने गरेको तर फिर्ता पाउन नसकेको भन्ने खुलेको प्रहरीले उल्लेख गरेको छ ।लामो समयदेखि आफ्नो रकम फिर्ता नपाएपछि पैसा सापटी दिएकी बहिनीकै घरनजिक वृद्धले आत्मदाह प्रयास गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

सम्बन्धित खवर