मोरङको ग्रामथान गाउपालिकामा रहेको एक विद्यालयमा शिक्षकले एक शिक्षिकालाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
ग्रामथान गाउपालिका वडा नं ०७ मा रहेको मेधावी इङ्लिस स्कुलका एक शिक्षकले सोही विधालयमा पढाउने २१ वर्षिय एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको हो ।सोमबार स्थानियले ईलाका प्रहरी कार्यालयमा धर्ना दिएपछी उक्त घटना सार्वजनिक भएको हो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।