महिला लक्षित कानुनी साक्षरता तालिम - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

महिला लक्षित कानुनी साक्षरता तालिम

साइनो समाचारदाता/पथरी, १२ बैशाख
महिला हिंसा न्यूनिकरण गर्ने उदेश्यका साथ मोरङको पथरी शनिश्चरे वडा नं. ९ ले ४ दिने कानुनी साक्षरता तालिम सुरु गरेको छ । बैशाख १२ गते देखि १५ गते सम्म चल्लने तालिममा वडा भित्रका प्रतिनिधी मुलक ४२ जना मलिाहरुको सहभागिता रहेको छ ।


पुर्वाञ्चल सीप विकास प्रशिक्षण केन्द्र मोरङको प्रविधिक सहयोगमा पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ ले वडाका महिलाहरुकालाई प्रशिक्षणको आयोजना गरेको हो । वडाका प्रतिनिधिमुलक महिलाहरुको सहभागिता रहेको कार्यक्रममा कानुनविद दुर्गा प्रसाद रिजालले सहजिकरण गर्नु भएको छ ।


वडा कार्यक्रयको सभाहलमा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष विर बहादुर राईले नगरका कुनै पनि महिला दिदी बहिनी आमाहरु महिला हिंसामा पर्नु नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोेजना गरेको बताउनु भयो । कानुनी समस्याका कारण वडाका महिलाले पिडा भोग्नु परेको र अन्याय सहनु परेको भए तालिमले सहजता प्रदान गर्ने वडाध्यक्ष राईले बताउनु भयो । राईले तालिमा सहभागि महिलाले तालिमबाट सिकेका ज्ञान जिवनमा पनि लागु गदै समाजमा महत्वपुर्ण भुमिका खेल्न अनुरोध गर्नु भयो ।

सम्बन्धित खवर