पथरी जेसीजको लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

पथरी जेसीजको लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम

पथरी, बैशाख  – युवाहरुलाई लागुपदार्थ दुब्र्यसनीबाट निउनिकरण गर्ने उदेश्यका साथ पथरी जेसीसले १ दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रमिण भेगमा दुव्र्यसनीका कारण विकृती बदै गएका कारण पथरी शनिश्चरे वडा नं. ४ मा रहेको सरस्वती आधारभुत विद्यालय र भागरिथ माविमा कार्यक्रम संचालन भएको हो ।


पथरी शनिश्चरे लागुपदार्थ दुव्र्यसनीमा उच्च जोखिम क्षत्रमा पर्दछ । पथरी जेसिसले बार्षीक कार्यक्रम अन्तरगत पथरी शनिश्चरे नगर भित्रका सामुदायीक विद्यालयमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र ईलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


मोरङ लागुपदार्थ दुव्र्यसनीमा ४ नम्वरमा रहेको त्यसमा पनी पथरी शनिश्चरे उच्च जोखिम्मा रहेको कार्यक्रमका प्रमुख अतिथी तथा पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोक किरण न्यौपानेले बताउनु भयो । पछिल्लो समय युवाहरु लागुपदार्थ दुब्र्यसनी तर्फ आकर्षण बढ्दै गएका कारण जेसिसले गाउँ गाउँमा सचेतना अभियान संचालन गरेको कार्यक्रम संयोजक गंगाराम शाहाले बताउनु भयो ।


कार्यक्रममा दुव्र्यसनीका असर र यसबाट बच्ने उपायाका बारेमा प्रशिक्षक जेसि प्रदिप बिष्ट र प्रहरी साहायक निरिक्षक प्रदिप भट्टराईले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँका किशोर किशोरी, युवा, महिला र विद्यालयमा अध्यानरत ३ सय बढिको उपस्थीती रहेको थियो ।पथरी जेसिसका अध्यक्ष सुवर्ण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पथरी जेसिसका सचिव अनोज घिमिरेले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर