खेल क्षेत्रलाई सरकारले बेवास्ता गरेको छ - प्रदेश खेलकुद विकास वोर्ड सदस्य सचिव - वाग्ले - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

खेल क्षेत्रलाई सरकारले बेवास्ता गरेको छ – प्रदेश खेलकुद विकास वोर्ड सदस्य सचिव – वाग्ले

सरोज निरौला/ पथरी, ९ बैशाख, प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेल क्षेत्र लाई बेवास्ता गरेको बताउनु भएको छ । आज मोरङको पथरी शनिश्चरेमा आयोजित प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीतमा आफ्नो विचार व्यक्त गर्दै सदस्य सचिव वाग्लेले यस्तो बताउनु भएको हो ।

नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा भएको एक दिवसीय प्रतियोगीतामा वाग्लेले सरकारले खेललाई बृद्धिविकास गर्नुको साटो अझै मास्दै लगेको प्रति दुख व्यक्त गर्नुभयो । खेल क्षेत्रमा सरकारको तर्फबाट कम बजेट छुटिनु र छुट्टिएको रकमको सहि सदुपयोग नहुनु यस्को जड रहेको वहाँको भनाई छ । सरकारले अन्तराष्ट्रिय स्तरका खेललाई महत्व दिनु र देशको पहिचान बोकेका खेललाई बेवास्ता गरेको वहाँले प्रस्ट पार्नुभयो । पछिल्लो समय खेल क्षेत्रमा देखिएको विकृती प्रति व्यंग्य गर्दै वाग्लेले भन्नुभयो “आयोजकले खेलाडीमा लगानी गर्ने पैसा मायाको चिनो र खदामा खर्च गरि खेलाडीलाई अन्याय गरेको र अब खेलकुदको क्षेत्रमा खदा र मायाको चिनो बितरण पुर्णरुपमा बन्द गर्ने बताउनुभयो ।

प्रदेश विकास खेलकुद बोर्ड कोसि प्रदेशको आर्थीक सहयोगमा सम्पन्न एक दिवसिय प्रतियोगीतामा ५१ विधामा स्पर्धा भएको थियो । २० केजि तौल समूहदेखि ६८ प्लस केजि माथि भएको प्रतिस्पर्धामा बेलबारी डोजो प्रथम भएको छ । बेलबारी डोजोले २० गोल्ड ६ सिल्भर र १२ ग्रन्स्च जित्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगीतामा अयोजक पथरी डोजो दोस्रो र टंकीसिनुवरी डोजो तेस्रो भएको छ ।

आयोजक पथरी डोजोले ९ गोल्ड,६ सिल्ड, १० ग्रन्स्च र टंकीसिनुवरी डोवोले ८ गोल्ड १२ सिल्भर ८ ग्रन्स्च जितेको छ । ७ गोल्ड ८ सिल्ड, ११ ग्रन्स्च सहित दुलारी चौथो र ३ गोल्ड ४ सिल्भर ९ ग्रन्स्च सहित उर्लाबारी पाँचौ बनेको छ । विजेता सबैलाई प्रमुख अतिथि हंसराज वाग्ले विशिष्ट अतिथि नेपाल सितोरीयोे कराँते महासंघका उपाध्यक्ष महेस कुमार श्रेष्ठ, पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।

पथरी शनिश्चरे २ स्थित सिन भिलेज पार्टी प्यालेसमा सम्पन्न्न प्रतियोगीतामा मोरङ, झापा र सुनसरीका गरी ३ सय ५० भन्दा बढि खेलाडिको सहभागीता रहेको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाले २ लाख ५० हजार बराबरको किक म्याट पथरी कराँते एकेडेमीलाई हस्तान्तरण गरेको थियो । कार्यक्रम नेपाल सितोरीयोे कराँते महासंघका जिल्ला सचिव चन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर