देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्।

आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे।त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए।

मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्रचण्ड देउवाले मन्त्रीको आश्वासन दिएका थिए। उक्त क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ। त्यस क्षेत्रमा नेकपा एमालेले पूर्वआइजीपी सर्वेन्द्र खनाललाई र राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा। स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ।

सम्बन्धित खवर