पथरीमा प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीता हुदै - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पथरीमा प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीता हुदै

लगुपदार्थ दसव्र्यसनबाट युवालाई निरुत्साहित गर्ने साथै स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका साथ मोरङको पथरी शनिश्चरेमा प्रथम जिल्ला स्तरीय सितोरीयो कराँते प्रतियोगीता आयोजना हुने भएको छ ।

पथरी कराँते एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गरी प्रतिायोगीता आयोजनाको बारेमा जानकारी गराएको हो । प्रदेश विकास खेलकुद बोर्ड प्रदेश १ को ३ लाख आर्थीक सहयोगमा र नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा खेल हुन लागेको हो ।

बैसाख ९ गते शनिबार सिन भिलेट पार्टी प्यालेसको हलमा हुने प्रतियोगीतामा २० केजी तौल समूहदेखी ६१ केजि तौल समूह माथिका महिला तथा पुरुष खेलाडि बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगीतामा मोरङ, झापा र सुनसरीका गरी २ सय ५० भन्दा बढि खेलाडिको सहभागीता रहने नेपाल कराते महासंघ मोरङ जिल्ला उपाध्यक्ष धर्म न्यौपानेले बताए ।

प्रतियोगीतामा विजेता हुने खेलाडिले नगद सहित मेडल प्रमाण्पत्र पाउने छ भने विधागत तर्फ पनि पुरस्कार वितरण गरिने छ । टाढा बाट आउने खेलाडिलाई आयोजकले यातायात साथै खान बस्नको समेत बेबस्था गरेको आयोजक समितिका ले जनाएको छ ।

खेल सम्पन्न गर्न ४ लाख खर्च लाग्ने अनुामान गरिएको छ । यस समप्न्न गर्न पथरी शनिश्चरे नगरपालिकाले २ लाख ५० हजार रकम बराबरको किक म्याट सौजन्य गरेकोे छ ।

कार्यक्रममा प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वगालेको प्रमुख आतिथ्यता साथै नेपाल सितोरीयोे कराँते महासंघका उपाध्यक्ष महेस कुमार श्रेष्ठको विषेश आतिथ्यता रहनेछ ।

पथरी शनिश्चरे नगरपालिकामा ३५ बर्ष पछाडि प्रतियोगीताको आयोजना गर्न लागीएको बताउदै सबैले कार्यक्रममा सहभागी भईदिन पथरी कराँते एकेडेमीका अध्यक्ष सुरेन्द« कुमार तुम्वाफोले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर