अनियमित विद्युत कटौतीले ब्यवसायी र स्थानीयलाई हैरानी - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

अनियमित विद्युत कटौतीले ब्यवसायी र स्थानीयलाई हैरानी

अत्याधिक गर्मी बढेसँगै केही दिनयता बेलबारी र आसपासका क्षेत्रमा बिना सुचना अनयमित रुपमा बिद्युत कटौति गरिँदा स्थानीय र ब्यबसायीहरुले हैरानी बेहोर्नपरेको छ ।

दैीनक अनियमित रुपमा बिद्युत कटौति गर्ने गरिएको छ । बिना सुचना घण्टौ लाईन काटने समस्याका कारण सर्बसाधारण आर्जित बनेका छन । किन लाईन काटिन्छ भनेर सोध्दा लोड बढी भएका कारण यस्तो भएको बिद्युत प्राधिकरणले जवाफ दिने गरेको छ । जति गर्मी बढिरहेको छ,त्यति नै प्राधिकरणले लाईन समेत काटने गरेको छ ।

यसैबिच उद्योग संगठन मोरङले अनियमित विद्युत कटौति तत्काल अन्त्य गर्न माग गरेको छ । पुस महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले ब्यवसायीलाई मरणासन्न अवस्थामा पु¥याएको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै संगठनले लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रे २०७९ पुस महिना देखि विद्युतको समस्या झेल्दै आएको जनाएको छ।

‘वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन भने वन्द गरी उद्योगी÷व्यवसायी सडकमा आउनु पर्ने अबस्था आएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसपश्चात उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन संगठन सम्वन्धीत निकायमा अनुरोध गर्दछ ।’

विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिल मेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको संगठनका अध्यक्ष सुयेश प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित खवर