मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा ओडि नामक रेस्टुँरा सञ्चालनमा आएको छ ।
युवा जमातलाई लक्षित गरेर पथरीको सुनाखरी चोकमा खोलीएको उक्त होटल तथा डान्सबार सहितको रेस्टुराँ आज उद्घाटन भएको हो ।
स्थानिय युवा विक्रम योञ्जन तामाङले ४५ लाख रुपैयाँको लगानीमा उक्त होटल तथा रेस्टुटुराँ सञ्चालनमा ल्याएका हुन ।
आज नयाँ वर्षको अवसर पारी स्थानिय कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रम सहित उक्त होटल तथा रेस्टुराँको वडा १ अध्यक्ष भिम कुमार राईले उद्घाटन गरेका छन् ।
स्थानिय पर्यटनलाई प्रर्वदन गर्दै बाहिरबाट आउने आगन्तुकलाई स्थानिय स्वादका परिकार र गित संगितहरुबाट मनोरञ्जन प्रदान गर्ने उदेश्य रहेको सञ्चालक तामाङले बताए । लोकल,चाईनीज, कन्टिनेन्टल लगायतका सबै परकिार उपलब्ध हुने यस होटलमा पारिवारिक वाताबरणमा रमाउन पाईने सञ्चालकले बताएका छ्न ।
युवा अबस्थामै स्वादेशमै केहि गरौ भन्ने भावनाले व्यवशाय थालेका तामाङ कृषक पनि हुन । निको सोहि नगरपालिको–४ नंबर वडामाबङगुर फर्म सन्चालनमा गरिरहेका छन् ।